रोल्पा। चाडपर्वको समयमा यात्रुबाहक सवारी साधनमा क्षमताभन्दा बढी यात्रु तथा सामान बोक्ने र छतमा चढेर यात्रा गर्ने प्रवृत्ति बढ्न सक्ने भन्दै जिल्ला प्रहरी कार्यालय रोल्पाले सुरक्षित यात्राका लागि सर्वसाधारणलाई आग्रह गरेको छ।
जिल्ला प्रहरी कार्यालय रोल्पाले सवारी साधनको छत तथा अन्य असुरक्षित स्थानमा बसेर यात्रा नगर्न, क्षमताभन्दा बढी यात्रु तथा सामान नबोक्न र सामान लोड तथा अनलोड गर्दा विशेष सावधानी अपनाउन अनुरोध गरेको छ।
प्रहरीका अनुसार यस्ता गतिविधि जुनसुकै बेला गम्भीर दुर्घटनाको कारण बन्न सक्छन्। एकछिनको लापरबाहीले अमूल्य मानव जीवन गुम्न सक्ने र परिवार तथा समाजले अपूरणीय क्षति व्यहोर्नुपर्ने अवस्था आउन सक्छ।
त्यसैले चालक, सहचालक, यात्रु तथा यातायात व्यवसायी सबैले सवारी सुरक्षाका नियम पालना गरी आफू पनि सुरक्षित रहन र अरूलाई पनि सुरक्षित यात्रा गराउन जिल्ला प्रहरी कार्यालय रोल्पाले आग्रह गरेको छ।
सुरक्षित यात्रा गरौँ, आफ्नो र अरूको जीवन बचाऔँ।
…….
मिति : ०८३ बिहिवार , कार्तिक १८, समय : दिउँसो १ बजे
…….ओझेलका खबर — खबर भित्रको खबर
……..
सन्तुलित आलोचना, रचनात्मक सुझाव र मार्गदर्शनमूलक टिप्पणीलाई स्वागत छ। गालीगलौज तथा अमर्यादित टिप्पणी नगरौँ।
|
ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्। |









