Smoking Causes Cancer

असई पदका उम्मेदवारहरूका लागि कागजात अद्यावधिक गर्ने समयावधि थप



ओझेलका खबर
२ घण्टा अगाडि


Place for ads

​काठमाडौँ, । नेपाल प्रहरीमा जनपद समूहतर्फ रिक्त रहेको प्रहरी सहायक निरीक्षक (असई) पदको खुला प्रतियोगितात्मक समावेशी विज्ञापनमा आवेदन दिएका तर कागजात अपुग भएका उम्मेदवारहरूका लागि महत्त्वपूर्ण सूचना जारी गरिएको छ।

​प्रहरी प्रधान कार्यालय, मानवस्रोत विकास विभाग, भर्ना छनौट शाखाले एक सूचना प्रकाशन गर्दै Online Recruitment Management System (ORMS) मार्फत फाराम भरेका तर आवश्यक कागजातहरू नसमेटिँदा दरखास्त स्वीकृत हुन बाँकी रहेका उम्मेदवारहरूलाई आफ्नो विवरण अद्यावधिक गर्न आज एक सुचना जारी गर्दै आह्वान गरेको हो।

सिंचाई
Forest
Ad.

​आवेदन अवधि:
यसअघि मिति २०८३/०६/१२ देखि २०८३/०७/१० सम्म ORMS प्रणालीमार्फत आवेदन माग गरिएको थियो।

​अद्यावधिक गर्ने अन्तिम मिति:
सम्बन्धित उम्मेदवारहरूले आफ्ना अपुग कागजात एवं विवरणहरू मिति २०८३/०७/१७ गते साँझ १६:०० बजेभित्र अनिवार्य रूपमा ORMS प्रणालीमा अद्यावधिक गरीिसक्नु पर्नेछ।

​फाराम रद्द हुने चेतावनी:
तोकिएको समयसीमाभित्र अपुग कागजात तथा विवरणहरू अद्यावधिक नगर्ने उम्मेदवारहरूको दरखास्त फाराम स्वतः रद्द हुने प्रहरी प्रधान कार्यालयले जनाएको छ।

​सम्बन्धित दरखास्त संकलन तथा दर्ता केन्द्रहरूबाट समेत यससम्बन्धी आवश्यक जानकारी गराइएको हुँदा समयमै विवरण दुरुस्त राख्न उम्मेदवारहरूलाई आग्रह गरिएको छ।
​पोस्ट मिति : २०८३ कात्तिक ११ गते
समय : बेलुकी  ६.  ३० बजे
ओझेलका खबर — खबर भित्रको खबर
………………..
सन्तुलित आलोचना, रचनात्मक सुझाव र मार्गदर्शनका लागि अनुरोध गर्दछौँ।

Awareness by SKF

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो