Smoking Causes Cancer

कपिलवस्तुमा मोटरसाइकलको ठक्करबाट महिलाकी मृत्यु



ओझेलका खबर
७ घण्टा अगाडि


Place for ads

 

-कपिलवस्तुमा मोटरसाइकलको ठक्करबाट महिलाकी मृत्यु
कपिलवस्तुको वाणगंगा नगरपालिका–३ तिनकुनेमा मोटरसाइकलको ठक्करबाट पैदलयात्री ६३ वर्षीया जलिया थारूको मृत्यु भएको छ।

आज बिहान करिब पौने ९ बजेको समयमाब वाणगंगा नगरपालिका–१ निवासी ४५ वर्षीय शिवलाल घिमिरेले चलाएको लु १ ब ३४१६ नम्बरको मोटरसाइकलले वाणगंगा नगरपालिका–४ गजेहडा निवासी थारूलाई ठक्कर दिएको थियो।
मोटरसाइकलको ठक्करबाट घाइते भएकी थारूको बिहान १०ः१० बजे उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

सिंचाई
Forest
Ad.

दुर्घटनापछि इलाका प्रहरी कार्यालय पिपरा, कपिलवस्तुबाट प्रहरी निरीक्षकको कमान्डमा खटिएको टोलीले मोटरसाइकल चालकलाई नियन्त्रणमा लिएको छ। घटनाबारे प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।
………………..
पोस्ट मिति : २०८३ कात्तिक ११ गते
समय : दिउँसो २ बजे
ओझेलका खबर — खबर भित्रको खबर
━━━━━━━━━━━━━━━━━━
सन्तुलित आलोचना, रचनात्मक सुझाव र मार्गदर्शनमूलक टिप्पणीलाई स्वागत छ।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो