Smoking Causes Cancer

दृष्टिविहिन तथा शारीरिक अपाङ्गता भएकाहरुलाई राहत वितरण



ओझेलका खबर संवाददाता
५ वर्ष अगाडि


Place for ads

पोखरा: कास्की जिल्लामा बसोबास गर्ने १६५ दृष्टिविहीन तथा अपाङ्गता भएका व्यक्तिका परिवारलाई राहत वितरण गरिएको छ। असार १ गतेबाट सुरु गरिएको घुम्ती राहत वितरण कार्यक्रमलाई कास्की नेत्रहीन संघले समन्वय गरेको थियो भने विजनेस एण्ड प्रोफेशनल वुमेन क्लव पोखराको सहयोग रहेको थियो।

राहतमा प्रतिव्यक्ति एक बोरा चामल, ३ किलोग्राम दाल, ३ लिटर तेल र २ केजी नुनसहितको खाद्यान्न सामग्री वितरण गरिएको कास्की नेत्रहीन संघका अध्यक्ष श्रीकान्त सापकोटाले जनाए।

सडक गायन, दोहोरी साँझमा कार्यरत, मसाज थेरापिष्ट, धुप, मैनवत्तिलगायतको घुम्ती व्यवसाय गरी जिविकोपार्जन गर्दै आइरहेका १२१ दृष्टिविहीन तथा शारीरिक अपाङ्गता भएका व्यक्तिहरुलाई राहत वितरण गरिएको विजनेस एण्ड प्रोफेशनल वुमेन क्लब पोखरा च्याप्टरका अध्यक्ष हरीमाया शर्मा र सदस्य तथा राहत वितरण कार्यक्रमका संयोजक लक्ष्मी गुरुङले जानकारी जानकारी दिए।

सिंचाई
Forest
Ad.
कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया