भैरहवा: कानुनको धज्जी उडाउँदै दिउँसै सडकमा मान्छे घिसार्ने र अपहरण गर्ने अपराधीहरूको दुस्साहसले रूपन्देहीको सुरक्षा व्यवस्थामाथि फेरि एकपटक ठूलो प्रश्नचिह्न खडा गरिदिएको छ।
घटना हो- यही जेठ १० गते दिउँसो अन्दाजी ४:०० बजेको। रूपन्देहीको सिद्धार्थनगर नगरपालिका वडा नं. ४ स्थित दोगहरा लुम्बिनी सडक खण्डमा एउटा बर्बर दृश्य देखियो। कोटहीमाई गाउँपालिका वडा नं. ३ बस्ने १९ वर्षीय युवा इन्द्रकेश यादवलाई भैरहवा लुम्बिनी सडक खण्डको एयरपोर्ट अगाडिको बाटोमा मोटरसाइकलमा सवार दुई जना व्यक्तिहरूले लुगा समातेर लतार्दै, घिसार्दै लगे।
दिउँसै सडकमा भइरहेको यो जघन्य अपराध त्यहाँ जडान गरिएको सिसिटिभी (CCTV) क्यामरामा कैद भयो।
तिनै सिसिटिभी फुटेज र प्राप्त सूचनाका आधारमा इलाका प्रहरी कार्यालय बेथरी, प्रहरी चौकी रमवापुर र जिल्ला प्रहरी कार्यालय रूपन्देहीको प्रहरी टोलीले तत्कालै खोजतलास र प्रारम्भिक अनुसन्धान सुरु गर्यो।
अनुसन्धानका क्रममा घटनामा संलग्न मुख्य आरोपीमध्येका एक— मायादेवी गाउँपालिका वडा नं. ६ बस्ने २० वर्षीय अभिषेक पासीलाई भोलिपल्टै, अर्थात् जेठ ११ गते प्रहरीले पक्राउ गर्न सफल भएको छ।
पक्राउ परेका अभिषेक पासी विरुद्ध ‘अपहरण तथा ज्यान मार्ने उद्योग’ मुद्दा शीर्षकमा सम्मानित रूपन्देही जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरी हिरासतमा राखेर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रूपन्देहीका निमित्त सूचना अधिकारी एवं प्रहरी निरीक्षक दिनेश बहादुर कुँवरले जानकारी दिनुभएको छ।
घटनामा संलग्न रहेका अन्य फरार अपराधीहरूको खोजी र अनुसन्धान कार्य अहिले पनि जारी छ।
“सडकको बीचभागमा, त्यो पनि विमानस्थल जस्तो सुरक्षा संवेदनशील क्षेत्रको अगाडि दिउँसै १९ वर्षको युवालाई मोटरसाइकलले घिसारेर अपहरणको प्रयास गरिनुले अपराधीहरूको मनोबल कति माथि पुगेको छ भन्ने प्रष्ट पार्छ।
|
ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्। |










