Salime Malika Krishi Farm

Awareness Campaign

बागलुङलाई दुई मन्त्रालय: गण्डकी मन्त्रिपरिषद् हेरफेर



लालु प्रसाद गैरे
४ दिन अगाडि


Awareness

Place for ads

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र पाण्डे ले मन्त्रिपरिषद् हेरफेर गर्दा बागलुङ जिल्लाले दुई महत्वपूर्ण मन्त्रालय पाएको छ।

सत्तारुढ नेपाली कांग्रेस र नेपाल कम्युनिस्ट पार्टी (एमाले) बीचको सहमतिअनुसार गरिएको पुनर्गठनमा बागलुङका जित शेरचन अर्थमन्त्री र गोविन्द बहादुर नेपाली भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री नियुक्त भएका छन्।

यसअघि स्वास्थ्य मन्त्रालय पाएको बागलुङले यसपटक थप जिम्मेवारी सहित दुई मन्त्रालय हात पारेको हो।

सिंचाई
Forest
Ad.

नयाँ मन्त्रिपरिषद् अनुसार नन्दप्रसाद न्यौपाने ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्री, भीमबहादुर कार्की कृषि तथा भूमि व्यवस्था सहकारी मन्त्री, यशोदा रिमाल उद्योग तथा पर्यटन मन्त्री, लक्ष्मणबहादुर पाण्डे स्वास्थ्य मन्त्री तथा नम्डु गुरुङ वन तथा वातावरण मन्त्री बनेका छन्।

गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्ट ले नवनियुक्त मन्त्रीहरुलाई पद तथा गोपनीयताको शपथ गराइसकेका छन्।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो