चैत्र १०, रुपन्देही। रुपन्देहीको शुद्धोधन गाउँपालिका-१, सिसइचोकमा ६० वर्षीया रेनु पटवाको हत्या प्रकरणको रहस्य प्रहरीले खुलाएको छ।
इलाका प्रहरी कार्यालय बुटवलका अनुसार गत चैत २ गते राति आफ्नै पसलमा सुतिरहेकी पटवामाथि छिमेकी १५ वर्षीय किशोरले आक्रमण गरेका थिए। लागूऔषध किन्न पैसा अभाव भएपछि चोरी गर्न पुगेका ती किशोरसँग विवाद हुँदा उनले कैँची प्रहार गरी हत्या गरेको रहस्य खुलेको हो ।
प्रहरी नायब उपरीक्षक निशान्त श्रीवास्तवका अनुसार घटनामा किशोरले मृतकको टाउको, अनुहार र घाँटीमा अन्धाधुन्ध कैँची प्रहार गरेका थिए।
घटनामा संलग्न ती किशोरलाई प्रहरीले चैत ७ गते पक्राउ गरेको हो। हाल जिल्ला अदालत रुपन्देहीबाट म्याद थप गरी कर्तव्य ज्यान मुद्दामा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
|
ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्। |







