Smoking Causes Cancer

मुसिकोटमा ‘जुनियर भलिबल तथा सांस्कृतिक कार्यक्रम’ हुँदै: कलाकारहरु आउने



केशव खड्का
५ महिना अगाडि


Place for ads

गुल्मी । गुल्मीको मुसिकोट नगरपालिका–३, थुमापार्कमा ‘जुनियर (अण्डर–१३) भलिबल प्रतियोगिता तथा विविध सांस्कृतिक कार्यक्रम-२०८२’ आयोजना हुने भएको छ। बडागाउँ ज्ञानकुञ्ज ईङ्लिस बोर्डिङ स्कुलको मुख्य आयोजनामा आगामी माघ १६ र १७ गते खेलकुद तथा सांस्कृतिक महोत्सव सञ्चालन हुने भएको हो।

प्रतियोगितामा खेलको रोमाञ्चकतासँगै सांगीतिक मनोरञ्जन पनि प्रदान गरिनेछ। कार्यक्रमलाई भव्य बनाउन राष्ट्रिय तथा स्थानीय कलाकारहरूको विशेष प्रस्तुति रहने आयोजकले जनाएको छ। कार्यक्रममा चर्चित गायक नरेश खाती, लोक गायिका सम्झना रणपाल, गायक उज्ज्वल गिरी र कमल बरालको सांगीतिक प्रस्तुति रहनेछ। साथै, डान्सर लक्ष्मण भण्डारी र सुमन परियारको बेजोड नृत्य प्रस्तुतिले दर्शकलाई मनोरञ्जन प्रदान गर्नेछ।

खेलतर्फ जुनियर (अण्डर–१३) भलिबल प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने टिमलाई आकर्षक पुरस्कारको व्यवस्था गरिएको छ। प्रतियोगितामा प्रथम हुने टिमले नगद रु. १५,०००, द्वितीय हुनेले रु. १०,००० र तृतीय हुनेले रु. ६,००० नगद सहित ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन्।

सिंचाई
Forest
Ad.

प्रतियोगिता एफआइभीबी (FIVB) तथा नेपाल भलिबल संघको नियमअनुसार सञ्चालन हुनेछ। सहभागी हुन इच्छुक टिमले माघ १६ गते बिहान १० बजेसम्म रु. ८०० तिरेर टिम दर्ता गरिसक्नुपर्नेछ। टिममा अफिसियल सहित ८ जना हुनुपर्ने र खेलाडीले अनिवार्य जर्सी लगाउनुपर्ने नियम बनाइएको छ।

कार्यक्रमको सम्पूर्ण व्यवस्थापन तथा संयोजन बडागाउँ ज्ञानकुञ्ज ई. बोर्डिङ स्कुलका प्रिन्सिपल वसन्त अधिकारीको नेतृत्वमा भइरहेको छ। बालबालिकामा खेलप्रति रुचि जगाउनुका साथै स्थानीय कला र संस्कृतिको संरक्षण गर्ने उद्देश्यले खेलसँगै सांस्कृतिक कार्यक्रम जोडिएको आयोजकले बताएको छ।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

केशव खड्का को बारेमा

केशव खड्का ओझेलका खबर संवाददाता हुन।

केशव खड्का द्वारा प्राकाशित अन्य समाचार हेर्नुहोस →