Salime Malika Krishi Farm

Awareness Campaign

भेषराज सापकोटाको ऐतिहासिक भजन ‘सद्दे मनको वैराग्य’ सार्वजनिक



ओझेलका खबर संवाददाता
३ महिना अगाडि


Awareness

Place for ads

गुल्मी: लामो समयदेखि अष्ट्रेलियालाई कर्मथलो बनाउँदै आउनुभएका गुल्मी मुसिकोट-९, अर्लाङकोटका समाजसेवी भेषराज सापकोटाको निर्माणमा ऐतिहासिक निर्गुण भजन ‘सद्दे मनको बैराग्य’ सार्वजनिक भएको छ। गुरुकुल शिक्षा प्रणाली, पूर्वीय दर्शन र संगीतको त्रिवेणी मानिएको यो भजन शुक्रबार गायिका सुनिता बुढा क्षेत्रीको औपचारिक युट्युब च्यानल मार्फत बजारमा आएको हो।

बालकदेखि वृद्धसम्म र सन्तदेखि गृहस्थसम्म सबैको मन छुने दाबी गरिएको यस भजनमा शब्द रचना हेमनाथ खरालको रहेको छ भने संगीत प्रकाश सापकोटाले भर्नुभएको छ। भजनको मुख्य आकर्षणका रूपमा युग श्रष्टा बसन्त थापाको कर्णप्रिय र जादुमयी आवाज रहेको छ। थापाका साथै गायिका सुनिता बुढा, ‘नारद बा’ (भेषराज सापकोटा), बरिष्ठ संगीतकार बिबि अनुरागी, रमेश विश्वकर्मा लगायत दस जना कलाकारहरूको स्वर यसमा सुन्न सकिन्छ।

वरिष्ठ संगीत गुरु बिबि अनुरागीको संगीत संयोजन रहेको यस भजनको अडियो काठमाडौँको बबरमहलस्थित प्रिज्मा स्टुडियोमा तयार पारिएको हो। चर्चित साउन्ड इन्जिनियर श्यामश्वेत रसाइलीको मिक्सिङ र मास्टरिङले भजनलाई थप गुणस्तरीय र श्रवणीय बनाएको भजनकार हेमनाथ खरालले जानकारी दिनुभयो।

सिंचाई
Forest
Ad.

भिडियो र छायांकन पक्ष
केशवराज भट्टको निर्देशन र प्रविण भट्टको सम्पादनमा तयार भएको यस भजनको भिडियो पवित्र तीर्थस्थल देवघाट धामस्थित हरिहर सन्यास आश्रम र गलेश्वर आश्रममा छायांकन गरिएको हो। भिडियोमा चर्चित मोडलहरू सुरेश कोहली, स्मारिका ढकाल, पवित्रा पौडेल तथा निर्माता स्वयम् भेषराज सापकोटाको जीवन्त अभिनय देख्न सकिन्छ।

भिडियोमा सरस्वती भजन मण्डली चितवन, चितवन गैंडाकोटमा बसोबास गर्ने मुसिकोटवासीहरू, सयौं भक्तजनहरू तथा विद्यार्थीहरूको उल्लेख्य सहभागिता रहेको छ। विशेषतः गुरुकुल परम्परा र ब्रह्मचारीको भूमिकालाई भिडियोमा कलात्मक ढंगले प्रस्तुत गरिएको छ।

मुसिकोट नगरले जन्माएका अधिकांश कलाकारहरूको सहभागिता रहेको यो ‘सद्दे मनको बैराग्य’ एक सांगीतिक कोसेली मात्र नभई नेपाली मौलिक भजनको इतिहासमा एक दस्तावेज बन्ने निर्माण पक्षको विश्वास छ।

   
   
कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

Awareness by SKF

तपाईलाई यो खबर कस्तो लाग्यो