गुल्मी, मुसिकोट: गुल्मीको मुसिकोट नगरपालिका वडा नं. ८, दाल्कामा अवस्थित वामेली रायमाझी बन्धुहरूको ऐतिहासिक १९२औँ कुल पूजा आगामी मंसिर १३ गते भव्यताका साथ सम्पन्न हुने भएको छ।
हरेक तीन-तीन वर्षको अन्तरालमा आयोजना गरिने यो विशेष कुल पूजाका लागि आवश्यक सम्पूर्ण तयारीहरू तीव्र पारिएको छ। पूजा व्यवस्थापन समितिका अनुसार, मन्दिर परिसरको सरसफाई तथा मन्दिर रंगरोगनको काम पूर्ण रूपमा सम्पन्न भइसकेको छ।
वामेली रायमाझीहरूको आस्थाको केन्द्र मानिने यस कुल पूजामा सहभागी हुनका लागि आयोजकले विशेष आह्वान गरेको छ। रोजगारी, अध्ययन तथा विभिन्न शिलशिलामा देशका विभिन्न स्थान तथा विदेशमा छरिएर रहेका सम्पूर्ण वामेली रायमाझी बन्धुहरू, इष्टमित्र तथा शुभचिन्तकहरूलाई उक्त दिन दाल्कामा उपस्थित भई कुल देवताको दर्शन गर्न हार्दिक निमन्त्रणा गरिएको छ।
पुर्ख्यौली थलोमा भेला भई मनाइने यो पर्वले बन्धुहरूबीचको आपसी भाइचारा, सद्भाव र एकतालाई अझ मजबुत बनाउने विश्वास लिइएको छ। आगामी २०८२ साल मंसिर १३ गते हुने यस पूजालाई व्यवस्थित र उल्लासमय बनाउन समितिले सबैमा अनुरोध गरेको छ।
|
ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्। |







