गुल्मी , मङ्सिर -९ । हिजो बेलुका घरमा नाम्लाको डोरीको पिङ बनाई खेल्ने क्रममा गुल्मीका एक बालक गलामा पासो लागेर घाइते भएका छ्न ।
जिल्लाको सत्यवती गाउँपालिका – ५ हँसरा निवासी गोबिन्द माझकोटीका छोरा ९ बर्षिय्स माधव माझकोटी आफ्नै घरमा नाम्लोको डोरीले पिङ हाली खेल्ने क्रममा एक्कासी डोरी घाँटीमा बटारिन जाँदा घाइते भएका हुन ।
उनलाई जोहाङ्ग प्राथमिक उपचार केन्द्र बाट थप उपचारका लागि मिसन अस्पताल पाल्पा पठाईएको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी डिएसपी गङ्गा बहादुर सारुले हामीलाई पठाएको समाचार विवरणमा उल्लेख छ ।
कमेन्ट गर्नुहोस्
|
ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्। |







