Clean Water Campaign

Awareness Campaign

डेङ्गुभन्दा बढी फैलिएको स्क्रब टाइफस, बागलुङमा १५८ जनामा पुष्टि



लालु प्रसाद गैरे
८ घण्टा अगाडि


Awareness

Place for ads

(बागलुङ), २० भदौ – बागलुङमा हाल डेङ्गुभन्दा स्क्रब टाइफसका बिरामी उल्लेख्य रुपमा बढी देखिएका छन्। साउनयता जिल्लामा २० जनामा डेङ्गु सङ्क्रमण पुष्टि भएको छ भने १५८ जनामा स्क्रब टाइफस भेटिएको छ।

स्वास्थ्य कार्यालय बागलुङका जनस्वास्थ्य निरीक्षक लक्ष्मी शर्माका अनुसार डेङ्गुभन्दा करिब आठ गुणा बढी स्क्रब टाइफसका केस देखिएका हुन्। तीमध्ये सबैभन्दा धेरै सङ्क्रमित गलकोट नगरपालिकामा फेला परेका छन्।

गलकोट नगरपालिकामा मात्र १३५ जना स्क्रब टाइफसबाट सङ्क्रमित भएका छन्। बडिगाड गाउँपालिकामा आठ, ताराखोला गाउँपालिकामा चार, ढोरपाटन नगरपालिकामा एक र अन्य जिल्ला ठेगाना भएका छ जना पनि सङ्क्रमित छन्।

सिंचाई
Forest
Ad.

गलकोट नगर अस्पतालमा १५८ मध्ये १५३ जनाको उपचार गरिएको छ। धौलागिरि अस्पतालमा चार र बुर्तिबाङ अस्पतालमा एक जनामा स्क्रब टाइफस पुष्टि भएको हो। हाल गलकोट नगर अस्पतालमा सात जना स्क्रब टाइफस र डेङ्गुका बिरामी उपचाररत छन् भने अरु उपचारपछि घर फर्किसकेका छन्।

गलकोट नगर अस्पतालका प्रमुख डा. राजेश पौडेलका अनुसार दैनिक न्यूनतम पाँच जनासम्मका बिरामीमा स्क्रब टाइफस देखिन्छ। अन्यत्रभन्दा यहाँ बढी परीक्षण भएकाले सङ्क्रमणको संख्या उच्च देखिएको हो।

स्वास्थ्यकर्मीहरूका अनुसार स्क्रब टाइफस मुख्यतया झारपात र घाँसपातमा बस्ने किराबाट फैलिन्छ। उच्च ज्वरो, टाउको दुख्ने, शरीरमा रातो दाग देखिनेजस्ता लक्षण देखिएमा तुरुन्तै स्वास्थ्य संस्थामा जान सुझाव दिइएको छ।

यसैगरी, चालु आर्थिक वर्षमा पुष्टि भएका २० जना डेङ्गु सङ्क्रमितमध्ये सबैभन्दा बढी नौ जना गलकोट नगरपालिकामा छन्। ढोरपाटन नगरपालिकामा चार, ताराखोला गाउँपालिकामा दुई, बागलुङ नगरपालिकामा तीन र काठेखोला तथा निसीखोला गाउँपालिकामा एक÷एक जना सङ्क्रमित भेटिएका छन्। अन्य पालिकामा हालसम्म डेङ्गु सङ्क्रमण देखिएको छैन।

Awareness by SKF

डेङ्गु सङ्क्रमितमध्ये ११ जनाले गलकोट नगर अस्पताल, पाँच जनाले बुर्तिबाङ अस्पताल र चार जनाले धौलागिरि अस्पतालमा उपचारपछि घर फर्किसकेका छन्।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो