Clean Water Campaign

Awareness Campaign

सुदूरका विद्यार्थी इस्मामा तर स्थानीयलाई नै छैन चासो



टोपलाल अर्याल
७ घण्टा अगाडि


Awareness

Place for ads

गुल्मी: इस्मा गाउँपालिका-५, इस्मा रजस्थल सञ्चालित जिबराज आश्रीत बहुप्राविधिक शिक्षालयमा जियोमेटिक्स इन्जिनियरिङ्ग पढाइ हुने भएकाले सुदूरका विद्यार्थीले भरिएको छ । तेस्रो वर्षका १२ जना विद्यार्थीमध्ये आठ जना बाहिरी जिल्ला कालिकोट, जाजरकोट र बझाङ्गका छन् । पहिलो सेमेस्टरमा पनि मुगु, रुकुम पश्चिमदेखि बर्दियाका विद्यार्थीहरु छन् । तर जिल्लाकै नागरिकलाई यो विषयको महत्त्व र आवश्यकता बुझाउन शिक्षालयले चुनौति देखेको छ ।

शिक्षालय प्रमुख प्रदिप राज पाण्डेले अमिन भनेर बुझ्ने समुदायलाई त्यहि विषयको स्नातक तहको जियोमेटिक्स इन्जिनियरिङ्ग कार्यक्रम हो भनेर प्रयाप्त रुपमा बुझाउन नसकिएको स्वीकार गर्नुभयो । देशभर आवश्यक पर्ने जियोमेटिक्स इन्जिनियरिङ्ग विषय सञ्चालन गर्न दक्ष जनशक्तिको अभाव छ । तर आफुहरुले प्रयाप्त उपकरण र दक्ष जनशक्तिको व्यवस्थापन गरी पठनपाठन नियमित गरिएको पाण्डेले दावी गर्नुभयो ।

डिप्लोमा तहको ३ वर्षे जियोमेटिक्स अध्ययन गरेपछि अमिन र सर्भेक्षक पदमा काम गर्न पाउने तथा उच्च शिक्षा अध्ययन गर्न समेत सहज हुने गर्दछ । देशका धेरै ठाउँमा यो विषय अध्ययन गरेकाहरुको उच्च माग रहेको छ । भने अध्ययनपछि आफैँले जग्गाको नापजाँच लगायत सर्भे गरेर स्वरोजगार समेत हुन सकिने शिक्षालयका तालिम शाखा प्रमुख राजेन्द्र ढकालले बताउनुभयो । निजी कलेजहरुमा तीन वर्ष डिप्लोमा कोर्ष अध्ययन गर्दा करिव चार लाख रुपियाँ लाग्ने भए पनि आफुहरुको सरकारी भएका कारण ५७ हजार ४०० रुपियाँमा मात्रै शिक्षालयले जनाएको छ ।

सिंचाई
Forest
Ad.

गत वर्षदेखि इस्मा गाउँपालिकाले देशभरबाट अध्ययन गर्न आउने विद्यार्थीहरुका लागि निःशुल्क अध्ययनको व्यवस्था गरेको छ । इस्मा गाउँपालिकाका शिक्षालयको दिगोपन र विद्यार्थीहरुलाई प्राविधिक शिक्षा तर्फ आकर्षित गर्न छात्रवृतिको प्रदान गर्दै आएको इस्मा गाउँपालिका उपाध्यक्ष अधिवक्ता पार्वती कुँवरले बताउनुभयो । गतवर्ष गाउँपालिकाको छात्रवृत्तिमा ११ जना जनाले अध्ययन गरिरहेका छन् । छात्रवृतिकै कारण अहिले १४ जना भर्ना भइसकेकाले आफुहरुलाई पनि उर्जा प्राप्त भएको उपप्रमुख कुँवरले बताउनुभयो । उहाँले भन्नुभयो, “विद्यार्थी नहुँदा शिक्षालय मर्ज गर अन्त्यै लैजानेसम्मको चर्चा चल्यो । त्यसैले निःशुल्क छात्रवृतिको निर्णय गरेर गत वर्ष र अहिले कार्यान्वय भइरहेको छ ।”

२०७६ सालमा स्थापना भएको जिवराज आश्रीत बहुप्राविधिक शिक्षालय भने सात वर्षसम्म भौतिक पूर्वाधारविहीन छ । कुमारी आधारभूत विद्यालयका कोठाबाट पठनपाठन र स्थानीयको घरबाट कार्यालयका काम शिक्षालयले गरिरहेको छ । गाउँमा प्रशिक्षक र विद्यार्थीहरुलाई बस्ने कोठा पाउन, बजार गर्न र कापीकिताव किन्न पनि सदरमुकाम पुग्नुपर्ने बाध्यता रहेको बर्दिया ठाकुराद्वारा नगरपालिका–९ बाट अध्ययन गर्न आउनु भएका किरितार्थ उपाध्यायले गुनासो गर्नुभयो । उहाँले शिक्षालयमा समय प्रयाप्त पूर्वाधार नहुँदा पठनपाठनमा समस्या भएको बताउनुभयो ।

शिक्षालयमा प्रयाप्त प्रयोगशाला, भौतिक रुपमा पूर्णता, सुविधासहितको कक्षाकोठा लगायत आवसिय व्यवस्था हुनुपर्ने हो । तर, कुनै पनि बिषय नमिल्ने स्थानमा शिक्षालय स्थापना भएको छ । शिक्षालय स्थापना भएको छ वर्षमा गुल्मीसहित हुम्ला, जुम्ला, कालिकोट, जाजरकोट, सुर्खेत, रुकुम, बझाङ, बाजुरालगायतका ठाउँबाट आएका विद्यार्थीले कष्टपूर्ण रुपमै अध्ययन सकेका छन् ।

लामो समय इस्मा गाउँपालिका र मन्त्री परिषदका कारण ४४ रोपनी जग्गा हुँदा पनि पूर्वाधारको काम भएको थिएन् । अहिले शिक्षालयलाई ३० वर्षका लागि जग्गा भोगाधिकार दिने इस्मा गाउँपालिकाको गाउँ सभाले निर्णय गरेको छ । तर कति जग्गा शिक्षालयले लिने भन्ने विषयमा निर्णय भइसकेको छैन । चालु आर्थिक वर्षमा शिक्षालयको भौतिक पूर्वाधार निर्माणका लागि तीन करोड रुपियाँ विनियोजन भएकाले डिपिआरलगायत भवन निर्माण गर्न आवश्यक समन्वय भइरहेको शिक्षालय प्रमुख प्रदिप राज पाण्डेले बताउनु जानकारी दिनुभयो। -गोरखापत्र अनलाइन

Awareness by SKF

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

टोपलाल अर्याल को बारेमा

टोपलाल अर्याल नेपाल पत्रकार महासंघ, गुल्मीका पुर्व अध्यक्ष हुन्।

टोपलाल अर्याल द्वारा प्राकाशित अन्य समाचार हेर्नुहोस →