Salime Malika Krishi Farm

Awareness Campaign

शकुन्तला गैरेको मौलिक तीज गीत ‘माईत जाने बाटो’ सार्वजनिक (भिडियो सहित)



दिलु केसी
५ महिना अगाडि


       

Awareness

Place for ads

गुल्मी: शकुन्तला गैरेको ‘माईत जाने बाटो खोई…’ मौलिक तीज गीत सार्वजनिक भएको छ। पाल्पा जिल्लामा जन्म भई गुल्मी जिल्लामा कर्म घर बनाएकी गैरेले भर्खरै तीज गीत बजारमा ल्याएकी हुन्। जसमा लय शब्द शकुन्तला गैरे स्वयंको रहेको छ भने गीत शकुन्तला गैरे, हरी खत्री, शिला गुरुङ, हरिकला सुनार, ऋतु शाही र माधव भण्डारीको संयुक्त आवाजमा रहेको छ।

बुटवलमा छायांकन गरिएको यस गीतको म्युजिक भिडियोमा शकुन्तला गैरे, हरी खत्री, शिला गुरुङ, ऋतु शाही, माधव भण्डारी, चन् बहादुर खत्री, दिनेश पुन, हरिकला सुनार र साथीहरुको अभिनय रहेको छ। गीतमा मौलिक संस्कृति झल्काउने ठेट नेपाली शब्दहरु सुन्न सकिन्छ।

सर्जक गैरेका अन्य सिर्जनाहरु जस्तै थपनको बर मुखै देखाउँदिन, नौजाले रुमाल, आँशुको तालमा छु, पठानको लाहुरे आदि चर्चित छन्। उनले छ दर्जन भन्दा बढी गीतहरुमा स्वर भरिसकेकी छन्। गैरे प्रायः मौलिक भाका र सिर्जनालाई बढी महत्व दिने कलाकार मध्ये एक हुन।

सिंचाई
Forest
Ad.

अग्रज कलाकारहरुको प्रशंसा र सम्मानले निकै खुसी र अझै गीत लेख्ने उर्जा मिल्ने उनी बताउँछिन्। पछिल्लो समय गीत संगीतको क्षेत्रमा देखिएका विकृतिले गर्दा हाम्रा मौलिक संस्कृति बोकेका गीत तथा भाकाहरु ओझेलमा पर्दा र दर्शक तथा स्रोताले आफू र आफ्ना सिर्जनालाई नचिन्दा वा महत्व नबुझिदिदा साह्रै दुख लाग्ने पनि गैरे बताउँछिन्। भर्खरै सार्वजनिक भएको यो गीतको म्युजिक भिडियो ‘माईत जाने बाटो’ शकुन्तला गैरे नामक आफ्नै युटुब च्यानल मार्फत बजारमा ल्याएकी हुन्।

   
   
कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

दिलु केसी को बारेमा

दिलु केसी गुल्मीका क्रियाशील पत्रकार हुन। केसी रेडियो पुष्पाञ्जली, नवखबर डटकम, ओझेलका खबर डटकम आदि मिडियामा आवद्ध छन्।

दिलु केसी द्वारा प्राकाशित अन्य समाचार हेर्नुहोस →