Salime Malika Krishi Farm

Awareness Campaign

दलित सञ्जालद्वारा सशक्तिकरण कार्यक्रम बडिगाड गाउँपालिकामा सम्पन्न



दिप्सन छिनाल
१० महिना अगाडि


Awareness

Place for ads

बागलुङ: बडिगाड दलित सञ्जाल बागलुङको आयोजनामा २०८१ को माध्यमिक शिक्षा परिक्षा एसईईमा उत्तीर्ण हुने दलित समुदायका विद्यार्थीलागि सम्मान कार्यक्रम हिजो बडिगाडमा सम्पन्न भएको छ।

माध्यमिक शिक्षा परिक्षा एस् ई ई २०८१ मा बडिगाड गाउँपालिकामा अवस्थित श्री सिद्ध मा.वि. बडिगाड -९ का हिमाल वि.क. ले ३.५ जिपिए, ज्ञानु वि.क.ले ३.३ जीपिए र भानु मा.वि. का रमित परियारले ३.३ र भीमगिठे मा.वि. का महेश वि.क. ले ३.३ ल्याएर उत्कृष्ट स्थान हासिल गरेका हुन्, सो अवसरमा मा उत्कृष्ट विद्यार्थीहरुलाई खाँदा, टिका, सम्मान पत्र र नगद रु. १ /१ हजार ले सम्मान गरिएको थियो भने प्रशिक्षक AB खातीले प्रोत्साहन स्वरुप रु.१/१ हजार सबै विद्यार्थीलाई व्यक्तिगत सम्मान गर्नु भएको थियो ।

उक्त कार्यक्रममा निर्वाचित दलित जनप्रतिनिधि देवी बिश्वकर्माले दलितले अब घरमैं बसेर दलितलाई खै? भन्ने हैन सरोकार सम्म पुगेर जनप्रतिनिधिहरुले झक्क झकाउनु पर्यो, सिरक भित्रबाट औंला देखाउने दिन गएको कुरा बताउनु भयो।

सिंचाई
Forest
Ad.

संयुक्त बागलुङ दलित सञ्जाल संरक्षक लक्ष्मण बरालले उपल्ला जाती भनेर अब पनि हामीले २ हात जोडी ज्यू ज्यू गर्न थाल्यो भने हाम्रो अस्तित्व हराउने छ र उनीहरुलाई बिना कारण नमस्कार गरेर उच्च पदमा राख्ने प्रचलन हटाउन जरुरी भएको कुरा व्यक्त गर्नु भयो। दलित साझा मञ्च , मुसिकोट नगरपालिका का सचिव चन्द्र रसाइलीले यो नेपाली भनिने समाजले हामीलाई २ भागमा विभाजन गरेको छ ! पानी चल्ने र नचल्ने ! पानी चल्ने र नचल्ने भन्ने कस्तो हो? एउटै धारा एउटै मुहानबाट आएको पनि चल्ने नचल्ने भन्ने हुन्छ? यो ब्राहमण बादले के गर्न खोजी रहेको छ । यो व्यवस्था अझै चल्ने हो भने “विभेदकारी मुद्दाका फाइल अदालतमा पेस हुने छन् र जनआन्दोलनले फेरि अर्को रुप ल्याउने छ भन्दै आफ्नो विचार व्यक्त गर्नु भयो।

निशिखोला दलित सञ्जालका अध्यक्ष रोशन बिश्वकर्माले, मानव बीचको विभेद भएको भनेकै हिन्दू धर्मले गर्दा हो, यो हिन्दू धर्मले छुत अछुत विचार पालेर राखेको छ । जुन धर्मले मानव बीच छुवाछुत जस्तो घटिया विचार राख्छ त्यस्तो धर्म किन मान्ने त्यसैले मैले टिका लगाउने छोडेको लामो समय भयो, कति पाए ब्राह्मणहरुले हामी त दलित को घर मा गएर खाना पनि खान्छौं हामीले विभेद गर्दैनौ भन्नु हुन्छ तर म मान्दिनँ दलित लाई पनि उहरुले आफ्नो घरमा लगेर खुवाउनु भएको छ त?

कस्तो सामन्त बादी कुरा गरेर आँखामा छारो हाल्न खोजेको ? भन्दै खेद व्यक्त गर्नु भयो । त्यस्तै सिल्पो समाज नेपालका केन्द्रिय अध्यक्ष तथा कार्यक्रमका प्रशिक्षक ए.वि. खातीले प्रोजेक्टको माध्यमबाट सचेतनाका किताबहरूमा ध्यान प्रकट गराउँदै, अब हामी अछुत भन्दै केही लेनदेनको लागि दास बनाउने खोज्ने र अपमान गर्ने जनक व्यवहार दर्साउने ब्राह्मणलाई चप्पल खोलेर चड्कन लगाउनु केही परे हामी छौँ, हामीहरु त जाहज बनाउने, रकेट बनाउनेहरु जस्ता बराबर स्तरका विज्ञ हो, कुनै ब्राहमणले कपडा सिलाउन प्रयास गारो त सक्दैन, जुत्ता सिलाउन प्रयास गरोस् सक्दैन, हँसिया हथौडा बनाउन प्रयास गरोस् सक्दैन किन उनीहरू सँग त्यो ल्याकत ल्याकत छैन त्यो खुबी हामी सँग छ, अब दलितको भोट दलितलाई, दलितको धन दलितलाई दिने वातावरण श्रृजना गर्नुस् भन्दै आक्रोश व्यक्त गर्नु भयो ।

त्यस्तै नेपाल भारत दलित मैत्री संघका केन्द्रिय सदस्य अशोक विक ले ” दलितका लागि दलित, आफुका लागि आफै, ब्राह्मणको दासी भएर अब कति दिन बाँच्ने? कति दिन उनीहरूको पैतालामा पुछ्ने अब पैताला पुछ्ने हैन त्यही पैतालामा थुक्ने समय आयो, हामीले अब दलितको विद्यालय, दलितका शिक्षक, दलितका बैंक, दलितका संस्था खोल्नु पर्छ अनि मात्र यो ब्राहमण राज्य समाप्त हुने कुरा बताउनु भयो ।

Awareness by SKF

साथै कार्यक्रमका अध्यक्ष्य पूर्ण बहादुर विक ले कार्यक्रमलाई भव्य र सब्य बनाउनका लागि पाल्नु भएका सबै दलित आधिकार कर्मीहरुलाई धन्यवाद व्यक्त गर्नु भयो, तुल्सी विक को स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रम पूर्ण बहादुर विकले सञ्चालन गर्नु भएको थियो ।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो