गुल्मी, बैशाख १६ । गुल्मीको चन्द्रकोट गाउँपालिकाले आयोजना गरेको निशुल्क आँखा जाँच तथा मोतिया विन्दु अप्रेशन शिविरमा सोमबार एकै दिनमा २९ जना मानिसको आँखामा मोतिया विन्दुको बिमार फेला परेको छ । चिकित्सकहरुले ९३ जनाको आँखाका बिरामीहरुको जाँच गरेकोमा २९ जनाको आँखामा मोतिया विन्दु फेला परी अप्रेशन गर्नका लागि छनौंट गरिएको चन्द्रकोट स्वास्थ्य शाखाले जनाएको छ ।
त्यस्तै औषधी तथा चस्मा सम्बन्धि सेवा लिएका ६४ जना मध्ये ९ जनालाई रेफर गरेको सो शाखाले जनाएको छ । त्यस शाखा प्रमुख तथा बरिष्ठ जनस्वास्थ्य निरीक्षक प्रकाशचन्द्र शर्माका अनुसार नेत्रज्योति संघ तम्घासको प्राविधिक सहयोगमा आयोजित निशुल्क आँखा उपचार शिविर सोमबार र मंगलबार गरी दुई दिन सम्म चल्ने छ ।
शिविरमा त्यस पालिकाका आठ वटै वडाका बासीन्दा अलवा छिमेकी बाग्लुङ्ग बरेङ्ग गाउँपालिकाबासीले समेत निशुल्क आँखा उपचार शिविरमा सेवा लिदै छन । आँखा उपचार शिविरको त्यस पालिकाका संस्थापक अध्यक्ष , हाल जिल्ला समन्व्य प्रमुख द्रोणबहादु खत्रीले उद्घाटन गरेका थिए ।
शिविरमा आँखा अस्पताल भैरहवाका डाक्टर सविता ढकाल लगायतका स्वास्थ्यकर्मीहरु खटिएको र छनौट भएका मोतिया विन्दुका बिरामीहरुको अप्रेशन आज दोश्रो दिन शिविरमै गरिएको आँखा उपचार केन्द्र शान्तिपुरका कार्यालय प्रमु्ख सुदिप पौड्यालले जानकारी दिए।
हिजो उद्घाटन सत्रमा प्रमुख अतिथी खत्रीका अलवा त्यस पालिका अध्यक्ष युवराज खत्री क्षेत्री, उपाध्यक्ष बिष्णुप्रसाद भण्डारी , प्रमुख प्रशासकिय अधिकृत बुद्ध प्रकाश पौड्याल, नेपाल नेत्रज्योति संघ तम्घास शाखा पदमप्रसाद पाण्डे, आँखा उपचार केन्द्र शान्तिपुरका सभापति गणेशबहादुर थापाको लगायतले मन्तब्य राखेका थिए ।
कार्यक्रममा आठ वटै वटाका वडाध्यक्ष लगायतका जनप्रतिनिधी, कर्मचारी र विभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधीहरुको सहभागिता थियो । चन्द्रकोट गाउँपालिका अध्यक्ष युवराज खत्री क्षेत्रको अध्यक्षतामा सम्पनन् कार्यक्रममा आँखा उपचार केन्द्र शान्तिपुरका सभापति गणेशबहादुर थापाको स्वागत मन्तब्य र त्यस पालिकाका स्वास्थ्य शाखाका जनस्वास्थ्य निरीक्षक सन्तोष पुनको सञ्चालन रहेको थियो ।

|
ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्। |










