Smoking Causes Cancer

सेना नागरिक सम्बन्ध: मुसिकोट दरबार संरक्षणमा सेनाको साथ



टोपलाल अर्याल
१ वर्ष अगाडि


Place for ads

गुल्मी: नेपाली सेनाले गुल्मीको ऐतिहासिक तथा धार्मिक क्षेत्र मुसिकोट दरवार संरक्षणमा महत्वपूर्ण काम गरेको छ ।

नेपाली सेनाको मध्य पश्चिम पृतनाको आयोजना, २२ बाहिनी अड्डा बुटवलको संरक्षण तथा राम बाण गुल्ममा सेनानी तिलक केसीको नेतृत्वमा दरवार क्षेत्रमा मेशिनरी वाल, रेलिङ्ग निर्माण र रंगरोगन गरेर हस्तान्तरण गरेको छ ।

नाइसा कन्ट्रक्सन सप्लार्यस प्राली रेसुङाले सात लाख ३६ हजार २८३ रुपियाँको लागतमा माघ २८ गतेबाट निर्माणको काम गरेको थियो । दरवारका २० मिटर लम्बाई, २.८ मिटर उचाइको वाल र २१ मिटर रेलिङ्ग निर्माण गरिएको नेपाली सेनाले जनाएको छ ।

सिंचाई
Forest
Ad.

दुवै संरचना नेपाली सेनाका मध्य पश्चिम पृतनाका पृतनापती, उपरथी प्रेम बहादुर पुनले मुसिकोट नगरपालिकाका मेयर जिवलाल खरेर ‘जीवन’लाई हस्तान्तरण गर्नुभयो । उपरथी पुनले जनहित कार्यक्रम अन्तरगत सेना र नागरिकको सम्बन्ध राम्रो बनाउन नेपाली सेनाले सामाजिक काम गर्दै आएको बताउनुभयो ।

ऐतिहासिक एवंम पुरात्वातिक स्थलको संरक्षण, पर्यटन प्रर्वद्धन गर्ने उदेश्यले नेपाली सेनाले दरबारमा काम गरेको पुनले बताउनुभयो।

नगरपालिकाको तर्फबाट मेयर खरेलले मुसिकोटको पहिचानको रुपमा रहेको दरवार क्षेत्रमा नेपाली सेनाले गरेको कामको प्रसंसा गर्नुभयो । उहाँले तीनै तहका सरकार मार्फत मुसिकोटको विकासमा थुप्रै काम भएको बताउँदै सेना कामले झन इट्टा थपेको बताउनुभयो।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

Awareness by SKF

तपाईलाई यो खबर कस्तो लाग्यो

टोपलाल अर्याल को बारेमा

टोपलाल अर्याल नेपाल पत्रकार महासंघ, गुल्मीका पुर्व अध्यक्ष हुन्।

टोपलाल अर्याल द्वारा प्राकाशित अन्य समाचार हेर्नुहोस →