गुल्मी, चैत्र – २८ । गएरातीको बर्षा र हावाहुरीले गुल्मीमा पुराएको क्षतिको विवरण प्राप्त हुने क्रम जारी छ । अहिले सम्म थप दुई घरको छाना हावाहुरीले उडाएको समाचार प्राप्त भएको छ । जिल्लाको धुर्कोट गाउँपालिका – ४ बर्वोटस्थित अरुण गैरेले सञ्चालन गरेको सुपारी होटल एण्ड लज रहेको घरको छाना उडाई दिएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।
त्यस्तै रेसुङ्गा नगरपालिका– ५ गोवानेका अर्जुन बिकको दुई तले टिनले छाएको घरको पुरै छाना हावाहुरी उडाई दिएको छ । दुबै स्थानमा उद्धारका लागि प्रहरी खटाईएको र क्षतिको विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रबक्ता डिएसपी गंगाबहादुर सारुले जानकारी दिए ।
उनका अनुसार अँस्तीराती धुर्कोट गाउँपालिका– ४ रौताडीका पुर्णप्रसाद पाध्याको टिनले छाएको दुई तले घरको छाना हावाहुरीले उडाएको थियो भने गएराती सोही पालिका – ३ हाडहाडे वर्दबासका कृष्ण बिष्टको टिनले छाएको दुई तले घर र बाख्राको खोर हावाहुरीले उडाएर क्षति पुराएको छ । त्यस्तै सोही स्थानकी देवकला महतको ढुङ्गाले छाएको दुई तले घर पनि गएरातीको हावाहुरीले उडाई दिएको छ ।
यो सहित पछिल्लो २४ घण्टामा हावाहुरीले उडाएर ५ वटा घर र करेन्ट लागेर आगालागी हुँदा इस्मा २ पालुखाकी बिमला दर्जिको गोठ जलेर नष्ट भए सहित ६ परिबारले क्षति ब्यहोरेका छन । हावाहुरीबाट यस अवधीमा सबै भन्दा बढि धुर्कोट गाउँपालिकामा ४ घर परिवारले क्षति ब्यहोरेका छन ।
ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्। |