Salime Malika Krishi Farm

Awareness Campaign

गुल्मी उद्योग वाणिज्य संघको अध्यक्षमा निर्वाचित श्रेष्ठ धन्यवाद दिन मतदाताको घरदैलोमा



अनिल खत्री
१ वर्ष अगाडि


Awareness

Place for ads

२३ चैत, गुल्मी: गुल्मी उद्योग वाणिज्य संघको अध्यक्षमा निर्वाचित मृगेन्द्रप्रसाद श्रेष्ठ निर्वाचनमा मतदिने मतदाताको  घरदैलोमा पुग्ने  गरेका छन् । मत माग्न घरदैलोमा पुगेका श्रेष्ठ निर्वाचित भएपछि पनि मतदातालाई धन्यवाद दिन घरदैलोमा पुगेका हुन ।

मतदानमा सहभागी मतदातालाई उनलेे मत दिएकोमा धन्यवाद दिए । उनलेे आफू सधैं व्यवसायीको हक हितको लागि प्रतिबद्ध भएर लाग्ने बताए ।

शुक्रबार वाणिज्य संघको अध्यक्ष पदका लागि मात्रै भएको मतदनमा श्रेष्ठ र रामप्रसाद पन्थी बिच प्रतिस्पर्धा भएको थियो ।  अध्यक्ष पदमा भएको मतदानमा श्रेष्ठले ३२१ मत ल्याएर बिजयी भएका थिए ।

सिंचाई
Forest
Ad.

उनका प्रतिस्पर्धी पन्थीले २०१ मत ल्याएर पराजीत भएका छन् ।  मतदानमा १३ वटा मत बदर भएका थिए ।

कुल ५ सय ८५ मतदातामध्ये ५३५ जनाले मतदान गरेका थिए । अध्यक्ष पदबाहेक अरु सबै पदमा निर्विरोध भएको थियो ।

अध्यक्षका लागि प्रस्पिर्धामा रहेका रामप्रसाद पन्थी यसअघि बरिष्ठ उपाध्यक्ष थिए । अध्यक्ष पदमा निर्वाचित श्रेष्ठ यसअघि उपाध्यक्षमा थिए ।

गुल्मी उद्योग वाणिज्यको गत चैत ८ गते रेसुङ्गामा ३३ औं साधारणसभा भएको थियो । ९ गते अधिवेशन हुने तयारी भएपनि सहमतीमा मिलाउनका लागि सारिएको थियो तर मिलाउन नसक्दा चुनावी प्रतिस्पर्धा भएको हो ।

Awareness by SKF

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो