Smoking Causes Cancer

गलकोटको खरुवा माविमा विद्यार्थी बिदाई तथा रक्तअल्पता परिक्षण कार्यक्रम सम्पन्न



लालु प्रसाद गैरे
१ वर्ष अगाडि


Place for ads

बागलुङ: खरुवा माध्यमिक विद्यालय, गलकोट नगरपालिका वडा नम्बर ४ मा विद्यार्थी बिदाई तथा रक्त अल्पताको स्क्रिनिङ कार्यक्रम सम्पन्न भएको छ। खरुवा माध्यमिक विद्यालयका कक्षा १० का विद्यार्थीहरुलाई बिदाई संगै कक्षा ४ देखि १० कक्षा सम्मका किशोरीहरुको रक्त अल्पताको स्क्रिनिङ (हेमोग्लोविन र रक्त समुह परीक्षण) कार्यक्रम सम्पन्न भएको हो।

कार्यक्रममा कक्षा १० मा अध्ययनरत २२ जना विद्यार्थीहरुलाई भावी शैक्षिक जीवनको सफलताको शुभकामना दिँदै बिदाई गरिएको थियो। त्यस्तै बौर आधारभुत स्वास्थ्य केन्द्रको आयोजनामा कक्षा ६ देखि १० सम्म अध्ययनरत ४४ जना किशोरीहरुको हेमोग्लोविन तथा रक्त समुह परीक्षण गरिएको विद्यालयले जनाएको छ।

कार्यक्रममा विद्यालयका प्रधानाध्यापक धन बहादुर थापा, बौर आधारभुत स्वास्थ्य सेवा केन्द्रका प्रमुख गणेश सुनार, शिक्षक अभिभावक संघका संयोजक क्याप्टेन तुल बहादुर घर्ती र अभिभावक गंगाधर गैरेले शुभकामना मन्तव्य राख्नुभएको थियो।

सिंचाई
Forest
Ad.

साथै विद्यार्थी लक्ष्मण गैरे र सन्जिला शर्माले बिदाई मन्तव्य राख्नुभएको थियो। कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष खुमप्रसाद न्यौपानेको अध्यक्षता, शिक्षक सुरमणी शर्माको स्वागत र शिक्षक नेत्रलाल सुवेदीको सञ्चालनमा सम्पन्न भएको थियो।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो