Salime Malika Krishi Farm

Awareness Campaign

गुल्मीकाे मालिका मर्भुङ्गमा उत्कृष्ट विद्यालय, शिक्षक र विद्यार्थीलाई सम्मान



ओझेलका खबर संवाददाता
१२ महिना अगाडि


Awareness

Place for ads

गुल्मी: गुल्मीको मालिका गाउँपालिका वडा नम्बर आठ मर्भुङ्गले उत्कृष्ट विद्यालय, शिक्षक र विद्यार्थीलाई सम्मान गरेको छ। शैक्षिक सुधारको उद्देश्यले विद्यालय, शिक्षक र विद्यार्थीलाई सम्मान गरिएको हो ।

वडा भित्र रहेका तीन उत्कृष्ट विद्यालय, आठ विद्यालयका उत्कृष्ट शिक्षक र कक्षामा प्रथम हुने विद्यार्थीलाई सम्मानित भएका हुन ।जहाँ ५६ जना विषय शिक्षक, ४४ जना कक्षामा प्रथम भएका विद्यार्थी र ३ जना विद्यालय व्यवस्थापन समितिका अध्यक्षहरूलाई सम्मान दिईएको वडा सचीव सुशील अर्यालले जानकारी दिए ।

अघिल्लो शैक्षिक सत्रको उत्कृष्ट कार्यसम्पादनको आधारमा उक्त सम्मान प्रदान गरिएको थियो। शिक्षक, विद्यार्थी र समितिका सदस्यहरूलाई प्रोत्साहन गर्ने र शैक्षिक गुणस्तर वृद्धि गर्ने उद्देश्य राखिएको वडा अध्यक्ष सूर्य बहादुर जिसीले बताए । कार्यक्रममा सहभागी सम्मानित शिक्षक विष्णुप्रसाद अर्यालले भने, “स्थानीय सरकारले शैक्षिक क्षेत्रप्रति देखाएको चासोले हामीलाई थप जिम्मेवार बनाएको छ। यसले हामीलाई अझ मेहनत गर्न प्रेरित गर्छ।” त्यस्तै उत्कृष्ट विद्यालय व्यवस्थापन समिती बाट सम्मानित भएका थानपती आधारभुत विद्यालयका अध्यक्ष डिबी खड्काले सम्मानले उर्जा भरेको अब विद्यालय ,शिक्षक बीच स्वस्थ प्रतिस्पर्धा हुनु पर्ने बताए । साथै अध्यक्ष खड्काले वडाले गरेको कार्य नौलो र प्रेरणादायी रहेको हुँदा कार्यक्रमलाई निरंतरता दिनु पर्ने प्रतिक्रिया दिए ।

सिंचाई
Forest
Ad.

कार्यक्रमका प्रमुख अतिथि मालिका गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत काशीराम पन्थीले पछिल्लो समय ग्रामीण क्षेत्रका सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर खसक्नु,शिक्षक, विद्यार्थी र विद्यालयको नेतृत्व गर्ने नागरिकको अभाव हुन थालेको बताउदै । यसलाई समाधान गर्न नयाँ योजना बनाएर लाग्नु पर्ने प्रमुख प्रशासकीय अधिकृत काशिराम पन्थीले बताए ।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो