Smoking Causes Cancer

लुम्बिनी मुख्यमन्त्री कप भलिबल प्रतियोगितामा गुल्मी प्रथम



ओझेलका खबर संवाददाता
१ वर्ष अगाडि


Place for ads

गुल्मी: लुम्बिनी प्रदेशस्तरीय मुख्यमन्त्री कप पुरुष भलिबल प्रतियोगिता–२०८१ सन्धिखर्कमा शुक्रबार सम्पन्न भएको छ । खेल प्रतियोगितामा गुल्मी प्रथम, पाल्पा द्वितीय, नवलपरासी तृतीय र अर्घाखाँची चौथो भएका छन् ।

मंगलबारबाट अर्घाखाँचीकाे सन्धिखर्क टुँडिखेलमा सञ्चालन भएको खेलमा बाँकेबाहेक लुम्बिनी प्रदेशका ११ जिल्लाले भाग लिएका थिए । भलिबल प्रतियोगितामा प्रथम हुने गुल्मीलाई लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री भूमिश्वर ढकालले नगद १ लाख, ट्रफी र मेडलले पुरस्कृत गरे ।

पाल्पाले ६५ हजार नगद पुरस्कार, ट्रफी र मेडल, नवलपरासीले ३५ हजार नगद, ट्रफी र मेडल र अर्घाखाँचीले १५ हजार नगद पुरस्कारसहित ट्रफी र मेडल पाएको छ। -कान्तिपुरबाट

सिंचाई
Forest
Ad.
कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो