Smoking Causes Cancer

वामी-विश्व सम्पर्क मञ्च, अन्तर्राष्ट्रिय समन्वय समितिको तेस्रो अधिवेशन हुने



ओझेलका खबर संवाददाता
१ वर्ष अगाडि


Place for ads

गुल्मी: चैत्र ६ गते वामी-विश्व सम्पर्क मञ्च, अन्तर्राष्ट्रिय समन्वय समितिको भर्चुअल बैठक चैत्र २० गते तेस्रो अधिवेशन गर्ने निर्णय सहित सम्पन्न भएको छ‌।

समितिका अध्यक्ष प्रा. डा. ईश्वरी प्रसाद पाण्डेयको अध्यक्षतामा सम्पन्न बैठकले नयाँ कार्य समिति गठन गर्नको लागि समन्वय समितिका प्रमुख सल्लाहकार प्रा. डा. तारा प्रसाद सापकोटाको संयोजकत्वमा ५ सदस्यीय निर्वाचन मण्डल गठन गर्ने निर्णय गरेको समितिका महासचिव रोमकान्त सापकोटाले बताउनुभयो।

मुसिकोट नगरपालिका, वडा नं. ७ र ८ साविक वामी गाविसमा जन्मी हुर्केर देश विदेशमा छरिएर रहनुभएका वामेलीहरुलाई एकताबद्ध गरी जन्मभूमीको विकास, परोपकार र संस्कृति संरक्षण र प्रवर्धनमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको संस्थाका मूल समिति, अन्तर्राष्ट्रिय समन्वय समिति, विभिन्न देशमा शाखाहरू र इकाई रहेका छन्।

सिंचाई
Forest
Ad.

बैठकमा प्रा. डा. ईश्वरी प्रसाद पाण्डेय, प्रा. डा. तारा प्रसाद सापकोटा, प्रा. डा. ज्ञान बहादुर थापा, प्रा. डा. जीवलाल सापकोटा, श्री शारदा शर्मा पौडेल, श्री बैकुण्ठ रायमाझी, श्री हेमनाथ खराल, श्री अग्निधर लोहनी, श्री कृष्णहरि सापकोटा, श्री डिलाराम खरेल, श्री महेश्वर घिमिरे, श्री रामचन्द्र सापकोटा, श्री रोमकान्त सापकोटा, श्री निर्मला रायमाझी, श्री बोधशाली गौतम र श्री वेद प्रसाद लोहनीको उपस्थिति रहेको थियो।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो