बागलुङ: खेलकुद कला संस्कृति हाम्रो शान, पर्यटकीय स्थल घुम्टे गलकोटको पहिचान भन्ने मुल नाराका साथ घुम्टे युवा परिवार गलकोट नगरपालिका वडा नम्वर ७ मल्मको ४० औँ वार्षिकोत्सव तथा ऐतिहासिक होली पूर्णिमा मेला हिजो सम्पन्न भएको थियो।
कार्यक्रममा गण्डकी प्रदेशका भौतिक पूर्वाधार, विकास तथा यातायात मन्त्री प्रकाश बहादुर केसीले घुम्टे युवा परिवारले सञ्चालन गरेको विभिन्न सामाजिक कार्यहरु प्रशंसायोग्य रहेको बताउनुभएको छ । केसीले गलकोट क्षेत्र संस्कृतिसँगै खेलकुद क्षेत्रमा पनि अगाडि रहेको र यहाँका युवाहरुले गलकोट क्षेत्रलाई राष्ट्रिय स्तरमा चिनाउन मद्दत पुर्याएको बताउनुभयो।
उहाँले यस क्षेत्रको विकासको लागि प्रदेश सरकाकारको तर्फबाट सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाउनुभएको थियो । कार्यक्रमको अवसरमा आयोजना गरिएको खुल्ला वडा स्तरिय पुरुष भलिबल प्रतियोगितामा ट्राभल ईन्क्वाईरी प्रथम र खड्क कालीका युवा क्लव बाँसखोला द्वितिय भएका छन् । त्यस्तै खुल्ला वडा स्तरीय भुपु भलिबल प्रतियोगितामा घुम्टे युवा परिवार आयोजक प्रथम र एसडब्लुवाईसी हटिया द्वितिय भएका छन्।
नेकपा एमाले गण्डकी प्रदेश सभा संसदीय दलका प्रमुख सचेतक गोविन्द नेपाली, गलकोट नगरपालिका वडा नम्वर ७ का वडा अध्यक्ष राज बहादुर थापाले शुभकामना मन्तव्य राख्नुभएको थियो । उक्त कार्यक्रममा चर्चित कलाकार सिम्रन परियार, ईश्वर सिंहको विशेष साँगितिक प्रस्तुती रहेको थियो । कार्यक्रम घुम्टे युवा परिवारका अध्यक्ष जीवन साहनीको अध्यक्षता, उपाध्यक्ष तुलचन्द्र थापा खिमको स्वागत र खिम थापा काजीको सञ्चालनमा सम्पन्न भएको थियो ।
|
ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्। |







