Salime Malika Krishi Farm

Awareness Campaign

श्री प्राप्ती महिला सञ्जाल ओखरबोटको महिला दिवस विशेष कार्यक्रम सम्पन्न



लालु प्रसाद गैरे
१ वर्ष अगाडि


Awareness

Place for ads

गलकोट: ‘सबै महिला तथा बालिकाको लागि अधिकार: समानता र सशक्तिकरण’ भन्ने मुल नाराका साथ श्री प्राप्ती महिला सञ्जाल गलकोट नगरपालिका-४, ओखरबोटले विविध कार्यक्रमका साथ ११५ औँ अन्तराष्ट्रिय महिला दिवस कार्यक्रम सम्पन्न गरेको छ।

कार्यक्रम सञ्जालकी अध्यक्ष उमा न्यौपानेको अध्यक्षता, नगर प्रमुख भरत शर्मा गैरेको प्रमुख अतिथ्यता तथा खिमा भण्डारीको सञ्चालनमा सम्पन्न भएको थियो। कार्यक्रममा प्राप्ती महिला सञ्जालकी सदस्य शान्ति चालिसेले शुभकामना मन्तव्य राख्नुभएको थियो।

सिंचाई
Forest
Ad.

कार्यक्रममा बौल्दै प्रमुख अतिथी श्रद्धेय नगर प्रमुख श्री भरत शर्मा गैरेले समाजमा रहेका खराब अभ्यास एवम् प्रथाको कारण किशाेरी तथा महिला माथि हुने शारिरीक तथा मानसिक हिंसाका घटना बढ्दै गएको प्रथालाई अन्त्य गर्न सबैको साथ पहल जरुरी रहेको बताउनुभयो।

यसै अवसरमा आयोजना गरिएको आमा समुह स्तरिय लोक नृत्य प्रतियोगितामा टोल सुधार आमा समुह प्रथम, भुमेस्थान आमा समुह द्वितिय र नौलोबिहानी आमा समुह तृतिय भएका छन भने आमा समुह स्तरिय वकृत्वकला प्रतयोगितामा टोल सुधार आमा समुह प्रथम, कालिका आमा समुह द्वितिय र निलुवा आमा समुह तृतिय भएका छन साथै आमा समुह स्तरिय कुर्सी दोड प्रतियोगिता सम्पन्न भएको थियो।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

Awareness by SKF

तपाईलाई यो खबर कस्तो लाग्यो