Smoking Causes Cancer

गोर्खाली भ्वाइस लोक दोहोरी प्रतियोगिता सिजन ३ सम्पन्न



ओझेलका खबर संवाददाता
२ वर्ष अगाडि


Place for ads

गुल्मी: नेपाल र नेपालीको पहिलो अनलाईन दोहोरी प्रतियोगिता गोर्खाली भ्वाइस लोक दोहोरी प्रतियोगिता सिजन ३ को समापन कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा वरिष्ठ लोक गायक गायिका, प्रतियोगी तथा लोक गीत र संस्कृतिलाई माया गर्ने महानुभावहरुको उपस्थिति रहेको थियो।

प्रतियोगितामा सहभागी भई वसन्त गिरी र विष्णु थापा मगर प्रथम, अनुश अधिकारी र शिला गुरुङ द्वितीय, करण विसी, रिमा थापा र सञ्जिता चेपाङ तृतीय र अर्जुन न्यौपानेले सान्त्वना स्थान हासिल गर्न सफल भएको बताइएको छ।

देश विदेशमा छरिएर रहेका प्रतिभाहरुको प्रस्फुटन र प्रवर्द्धन गर्ने उद्देश्यले सञ्चालित यो कार्यक्रम गोर्खाली भ्वाइस फेसबुक पेज मार्फत सञ्चालन गरिएको थियो। यस कार्यक्रमलाई सफलतापूर्वक सम्पन्न गर्न सहयोग गर्ने सबै प्रति आभारी रहेको कार्यक्रमका निर्माता विश्वास आचार्यले बताउनुभयो।

सिंचाई
Forest
Ad.
कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो