Salime Malika Krishi Farm

Awareness Campaign

गुल्मीमा आगो ताप्ने क्रममा जलेर ८० वर्षीय वृद्धको मृत्यु



ओझेलका खबर संवाददाता
१ वर्ष अगाडि


Awareness

Place for ads

गुल्मी: गुल्मीमा आगो ताप्ने क्रममा जलेर एक जना वृद्धको मृत्यु भएको छ। जिल्लाको धुर्कोट गाउँपालिका वडा नम्बर ७ वाग्ला बस्ने ८० वर्षका इन्द्रलाल गिरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक (डिएसपी) चिरञ्जीवी दाहालले बताउनुभयो।

गिरीले आफ्नै घरमा आगो ताप्ने क्रममा जलेको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय गुल्मीबाट प्रहरी निरीक्षक रामकुमार थापाको कमान्डमा प्रहरी खटिएको छ । मृतक गिरीको घर परिवारमा उनी र भाई मात्र रहेको प्रहरीले जनाएको छ। -लाइभ गुल्मी 

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो