गुल्मी: प्रेस चौतारी नेपाल गुल्मी को अध्यक्षमा नारायण प्रभात मरासिनी सर्वसम्मत निर्वाचित भएका छन्। बिहिबार सम्पन्न १० औं जिल्ला अधिवेशनले मरासिनी को नेतृत्वमा ११ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको हो।
समितिको उपाध्यक्षमा अर्जुन भण्डारी, महिला उपाध्यक्षमा अम्बिका आचार्य, सचिवमा सूर्य सुनार, सह-सचिवमा गोकर्ण पाण्डे,महिला सह सचिवमा स्नेहा नेपाली र कोषाध्यक्षमा विष्णु पाण्डे( कोसिस) निर्वाचित भएका हुन्।
यस्तै, सदस्यहरूमा रामकृष्ण कँडेल, सज्जन ढकाल,लक्ष्मण सुनार, चिरञ्जीवी ज्ञवाली निर्वाचित भएका छन् । अधिवेशनले ज्ञानबहादुर महतरा र गगनशिला खड्का लाई केन्द्रीय प्रतिनिधि, लोकप्रसाद छन्त्याल, गंगा खड्का प्रदेश प्रतिनिधिमा चयन गरेको छ ।
|
ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्। |







