Smoking Causes Cancer

मुसिकोट-३, तोलादीमा आज राष्ट्रिय परिचयपत्र वितरण



दिलु केसी
१ वर्ष अगाडि


Place for ads

मुसिकोट: गुल्मीको मुसिकोट नगरपालिका भित्रका सबै वडाहरुमा राष्ट्रिय परिचय पत्र वितरण गरिए संगै आज मुसिकोट नगरपालिका वडा नं. ३ को वडा कार्यालयले टोल विभाजन गरी तोलादी टोलका सेवाग्राहीहरुलाई राष्ट्रिय परिचय पत्र वितरण गरिएको वडा नं. ३ का वडा अध्यक्ष शंकर बहादुर रायमाझीले बताउनु भयो।

बिहान १० बजे देखि साँझ ५ बजे सम्म राष्ट्रिय परिचयपत्र वितरण गरिएको हो। राष्ट्रिय परिचय पत्र वितरण गर्ने क्रममा भोलि देखि ३ नं. वडाका अन्य टोलहरु पेंगा, खिल्ली, भराह लगायतका टोलका सेवाग्राहीलाई वितरण गर्ने पनि वडाध्यक्ष रायमाझीले बताउनु भयो।

सिंचाई
Forest
Ad.

राष्ट्रिय परिचयपत्रको लागि एक करोड ३९ लाख ४० हजारभन्दा बढी नागरिकले आफ्नो विवरण दर्ता गराएका छन्। तर जम्मा तीन लाख ३४ हजार तीन सय ७५ जना नेपालीको हातमा परिचयपत्र कार्ड परेको छ।

राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागका अनुसार गत साताको अन्तिमसम्ममा विभागले २६ लाख ७६ हजार छ सय ७६ वटा कार्ड छापिसकेको छ। वितरणको लागि १७ लाख ३७ हजार आठ सय ९६ वटा कार्ड विभिन्न जिल्ला प्रशासन कार्यालयहरूमा पठाएको छ।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

Awareness by SKF

तपाईलाई यो खबर कस्तो लाग्यो

दिलु केसी को बारेमा

दिलु केसी गुल्मीका क्रियाशील पत्रकार हुन। केसी रेडियो पुष्पाञ्जली, नवखबर डटकम, ओझेलका खबर डटकम आदि मिडियामा आवद्ध छन्।

दिलु केसी द्वारा प्राकाशित अन्य समाचार हेर्नुहोस →