देवदह: देवदहमा बोका चोरी भएको छ। गयराती देवदह-६ ज्योतिनगरबाट स्थानीय किसान नरबहादुर रानाले पालेको ५५ किलोको बोका खोरबाटै चोरी हो ।
मोटरसाइकल, स्कुटर जस्ता साधनहरु चोरी हुँदै आएको देवदहमा पछिल्लो समय किसानले पालेको बोका खोरबाटै चोरी भएपछि सुरक्षा चुनौती थपिएको किसानको भनाई छ । “खोरबाटै बोका र बस्तुभाउ चोरी हुनु सामान्य विषय होइन ।” नरबहादुरका दाजु मिलन मास्की रानाले भने, “सुरक्षा चुनौती देखियो, सबै सजग नभए समस्या विकराल हुने देखिन्छ ।”
बोका चोरीबारे अनुसन्धान भैरहेको प्रहरी चौकी खैरेनीले जनाएको छ । प्रहरी इन्स्पेक्टर एक्कबहादुर नेपालीले भने, “अनुसन्धान जारी छ । सिसिटिभी क्यामराको अनुसन्धान गरिरहेका छौ । प्रहरी छिट्टै निष्कर्षमा पुग्छ ।” उनले सबैलाई सजग हुन र सुरक्षामा ध्यान दिन समेत आग्रह गरे ।
अनुसन्धानले ज्योति नगरबाट राती २:०९ चोरी भएको बोका सानाकिसान सहकारीसम्म ल्याएको सिसिटिभी क्यामरामा देखिएपनि त्यहाँबाट कता गयो भन्ने खोजिभइरहेको प्रहरीले जनाएको छ ।
देवदहबाट घर अघि राखेका कलश लगायतका सामग्री चोरी हुँदै आएकोमा चोरहरु बोका लगायतका बस्तुभाउ चोरी गर्नतर्फ लागेका हुन्।
|
ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्। |







