Salime Malika Krishi Farm

Awareness Campaign

अखिल (क्रान्तिकारी)को रोकिएको मतगणना आजदेखि हुने



ओझेलका खबर संवाददाता
१ वर्ष अगाडि


Awareness

Place for ads

काठमाडौं: अनेरास्ववियु क्रान्तिकारीको रोकिएको मतगणना आज दिउँसोबाट पुनः सुरु हुने भएको छ। क्रान्तिकारीको विश्वविद्यालय प्रदेश समिति अन्तर्गत केन्द्रीय निर्वाचन समितिको तर्फबाट अर्जुन धिकारी र उपत्यका विशेष निर्वाचन समितिको तर्फबाट प्राडा जगत पोखरेलले सूचना प्रकाशित गर्दै सोमबार दिउँसो १२ बजेबाट मतगणना पुनः सुरु गरिने जानकारी गराएका हुन्।

अखिल क्रान्तिकारीले २३ औँ राष्ट्रिय सम्मेलन अन्तर्गत निर्वाचनबाट केन्द्रीय नेतृत्व चयन गर्न लागेको हो। ‘विशेष कारणबस स्थगित भएको मतगणना माघ १४ गते मध्यान्ह १२ बजेबाट सुचारु गरिनेछ,’ सूचनामा भनिएको छ। विश्वविद्यालय र विशेष प्रदेश कमिटीमा खसेको मतपत्रको विषयमा विवाद भएपछि आइतबार बिहानदेखि मतगणना रोकिएको थियो। क्रान्तिकारीको अन्तिम परिणाम आउन अब दुईवटा प्रदेशमा खसेको ५ सय २२ मत गणना हुन बाँकी छ।

काठमाडौँको वाल्मिकी विद्यापीठमा मतदान भएको दुईवटा प्रदेशको मतपत्रमा रातो मसी र निलो मसी प्रगोग भएको पाइएपछि मतगणनामा बसेका प्रतिनिधिले विरोध गरेका थिए। त्यसपछि मतगणना रोकिएको थियो। क्रान्तिकारीको अध्यक्षमा विजयप्रकाश सापकोटा र हेमन्त राईबीच कडा प्रतिस्पर्धा देखिएको छ।

सिंचाई
Forest
Ad.

अहिलेसम्म देशका ७ प्रदेशको अन्तिम नतिजा आइसकेको छ, जसमा सापकोटाले ४५३ मत पाउँदा राईले ४३० मत पाएका छन्। उपदेश यादवले १३८ मत पाएका छन्।ज

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो