Smoking Causes Cancer

बडागाउँ जानकुञ्ज बोर्डिङ द्वारा श्रीपञ्चमी विशेष सांस्कृतिक कार्यक्रम हुँदै



ओझेलका खबर संवाददाता
१ वर्ष अगाडि


Place for ads

 सुनिल न्यौपाने, गुल्मी: बडागाउँ जानकुञ्ज इङलिस बोर्डिङ स्कुल मुसिकोट नगरपालिका-३, ठुलापोखरा गुल्मीको आयोजनामा २०८१ माघ २१ गते श्रीपन्चमीको अवसरमा श्रीपञ्चमी विशेष विविध शैक्षिक सांस्कृतिक कार्यक्रम गर्ने भएको प्रधानाध्यापक वसन्त अधिकारीले जानकारी दिनु भएको छ।

प्रधानाध्यापक अधिकारीका अनुसार सरस्वती पूजा, अक्षरारम्भ कार्यक्रम, परिक्षाफल प्रकाशन, पुरस्कार वितरण शैक्षिक सामाग्री प्रदर्शनी, एकल रेकर्ड डान्स प्रतियोगिता विद्यार्थीका आन्तरिक प्रतिभा प्रस्फुटन तथा स्थानीय कलाकारको सहभागीतामा सांस्कृतिक कार्यक्रम रहने बताउनु भयो।

बडागाउँ जानकुञ्ज बोर्डिङ स्कुलका पुर्व विद्यार्थी एवम पुर्व विद्यार्थी मंचका सम्योजक हिमाल कार्कीका अनुसार सोही दिन स्कुलका पुर्व विद्यार्थीहरुलाइ संगठित गरि पुर्व विद्यार्थी मंच समेत घोषणा गरिने जानकारी दिनु भएको छ। बोर्डिङले गुणस्तरीय शिक्षामा अगाडि रहेको र आगामी दिनमा समेत गुणस्तरीय शिक्षामा ध्यान दिने कुरामा विश्वास रहेको सोही वडाका वडा सदस्य थम्मन बहादुर जिसी (अशोक) ले बताउनु भयो।

सिंचाई
Forest
Ad.

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो