Salime Malika Krishi Farm

Awareness Campaign

बहुप्रतिक्षित पञ्चेबाजा गीत ‘मुस्कोट दरबार’ सार्वजनिक (भिडियो सहित)



ओझेलका खबर संवाददाता
१ वर्ष अगाडि


Awareness

Place for ads

गुल्मी: गुल्मीको ऐतिहासिक मुसिकोट दरबार र यहाँका पर्यटकीय र धार्मिक स्थलहरु समेटेर निर्मित पञ्चेबाजा गीत मुस्कोट दरबार सार्वजनिक गरिएको छ। गीत पवित्रा सर्तुङगे मगरको आफ्नै युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको हो।

गुल्मीको मुसिकोट नगरपालिका जन्मघर भएकी गायिका पवित्रा सर्तुङगे मगरको शब्द र लय सिर्जना रहेको गीतमा स्वर पवित्रा सर्तुङगे मगर र इश्वर सिंहले भर्नुभएको छ। गीतमा मुसिकोटकै सहनाई वादक शिशिर परियारको सहनाई वादन रहेको छ।

राजकुमार फिल्मसले निर्माण गरेको म्युजिक भिडियोमा मुसिकोट मै जन्मेका चर्चित मोडल ओवी रायमाझी र अन्जु गुरुङको मुख्य अभिनय देख्न पाइन्छ। सिर्जना उत्कृष्ट बनेकोले यसले धेरै दर्शक तथा श्रोताको माया पाउने मुसिकोट मै जन्मेका अर्का सर्जक हेमनाथ खरालले विश्वास व्यक्त गर्नुभयो।

सिंचाई
Forest
Ad.

म्युजिक भिडियो हेर्नुहोस्:

   
कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो