– शर्मिला चुँदरा
गुल्मी, १९ पुस: गुल्मी जिल्लाका कर्मचारी र उनिहरुको संगठनले यहाँका एक क्यान्सर पीडित वडा सचिवको उपचारार्थ आर्थिक सहयोग गर्दै आएका छन।
जिल्लाको रेसुङ्गा नगरपालिका –१४ पराल्मीका वडा सचिव देवबहादुर घर्ति मगर गत केहि महिना देखि क्यान्सर जस्तो गम्भीर बिमारले पीडित भई काठमाण्डौ महारजगञ्जको शिक्षल अस्पतालमा उपचार गराईरहेका छन । उनको उपचारका लागि यहाँका कर्मचारीहरुको संगठनले कुल ६० हजार रुपैयाँ सहयोग गरेका हुन।
उक्त रकम कर्मचारी मिलन केन्द्र गुल्मीका संरक्षक समेत रहेका प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमको हातबाट पीडित वडा सचिवकी श्रीमति देवि घर्ति मगरलाई हस्तान्तरण गरिएको थियो।
निजामति कर्मचारीहरुको आधिकारिक ट्रेड युनियन गुल्मीको कार्य समितबाट २५ हजार , निजामति कर्मचारी युनियन गुल्मीको कार्य समितिबाट २० हजार , कर्मचारी मिलन केन्द्र गुल्मीको तर्फबट १० हजार र नेपाल निजामति कर्मचारी युनियन गुल्मीका अध्यक्ष मेघलाल पाण्डेले ब्यक्तिगत ५ हजार सहित कुल ६० हजार रुपैयाँ वडा सचिव घर्ति मगरलाई सहयोग गरिएको ट्रेड युनियनका जिल्ला सचिव श्यामलाल पाण्डेले जानकारी दिए।
सहयोग रक हस्तान्तरण गर्दै कर्मचारीहरुले व्यक्तिगत र संस्थागत गरी क्यान्सर पीडित वडा सचिव घर्ति मगरलाई सहयोग गरेकोमा धन्यवाद दिदै प्रमुख जिल्ला अधिकारी गौतमले वडा सचिवको सिघ्र स्वास्थ्य लाभको कामना गरेका थिए।
हस्तान्तर कार्यक्रममा कर्मचारी मिलन केन्द्रका अध्यक्ष तथा सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद गैरे, रेसुङ्गा नगरपालिकाका वडाध्यक्ष ट्रेड युनियनका जिल्ला अध्यक्ष खिमबहादुर अधिकारी, कर्मचारी युनियनका अध्यक्ष मेघलाल पाण्डे र रेसुङ्गा नगरपालिका–१४ का वडाध्यक्ष धनबहादुर पुन लगायत सहभागि थिए।
|
ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्। |








