Salime Malika Krishi Farm

Awareness Campaign

अर्लाङ्गकोटको सितापुर माविमा कृष्णमुर्ती महाराजलाई स्वागत



ओझेलका खबर संवाददाता
१ वर्ष अगाडि


Awareness

Place for ads

गुल्मी: गुल्मीको मुसिकोट नगरपालिका-९, अर्लाङकोटमा अवस्थित सितापुर माध्यमिक विद्यालयका पुर्व विद्यार्थी घनश्याम कृष्णमुर्ती महाराजलाई सितापुर माध्यमिक विद्यालयमा एक कार्यक्रम आयोजना गरी स्वागत गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामकृष्ण कंडेलले बताउनु भएको छ।

अध्यक्ष कंडेलका अनुसार घनश्याम कृष्णमुर्ती महाराज कक्षा ५ सम्म यस विद्यालयमा औपचारिक शिक्षा अध्ययन गरी वृन्दावनमा संस्कृत शिक्षामा विद्यावारिधी उपाधीको लागि अध्ययन गरिरहनुभएको छ। साथै घनश्याम कृष्ण महाराज यतिखेर भागवत कथा वाचकको रुपमा रहनुभएको र ज्योतिषशास्त्रमा पनि राम्रो ज्ञान रहेको छ।

सिंचाई
Forest
Ad.

अध्यक्ष कंडेलले भन्नुभयो, ‘बालब्रम्हचारी गुरुले आफ्नो मन्तव्यको क्रममा विद्यार्थीहरुलाई धर्म, संस्कृती र आध्यात्मिक जागरणको बारेमा प्रकाश पार्नुभएको थियो। हाम्रो आग्रहमा आफुले पढेको विद्यालयमा सपरिवार उपस्थित भई साना साना विद्यार्थीको पढाईमा हौसला बढाउन पुरस्कार वितरण तथा विद्यालयलाई ५० हजार ५ सय ५५ आर्थिक सहयोग घोषणा गर्नुभएको छ।’

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो