गुल्मी: गुल्मीका सर्जक तथा संचारकर्मी वासुदेव पोखरेल यसपटक पाँचौँ एपिक नेपाल म्युजिक अवार्डमा सर्वोत्कृष्ट लोकदोहोरी स्रष्टाको विधामा कठै पिरती गीतबाट मनोनयनमा परेका छन्।
जिल्लाको धुर्कोट गाउँपालिका-४, जैसिथोक निवासी पोख्रेल छोटो समय मै आफुलाई कुशल सञ्चारकर्मी र गीतकारको पहिचान स्थापित गर्न सफल भएका छन। पोखरेलले करिब आधा दर्जन गीत रचना गरेका छन र श्रोताले मन पराएका छन।
उनका सिर्जनाहरूलाई चर्चित कलाकारहरूले स्वर दिएका छन्, जसले नेपाली लोकसंगीतको गरिमा माथि उठाउन अर्को नयाँ इट्टा थपेको छ।
यसअघि पनि पोखरेल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय म्युजिक अवार्डहरूमा सर्वोत्कृष्ट सर्जकको रूपमा मनोनित भइसकेका छन्।
गीतसंगीतका अतिरिक्त, उनी साहित्य र सृजनात्मक क्षेत्रका अन्य विधामा पनि उत्तिकै सक्रिय छन्। उनले हालै आफ्नो नयाँ उपन्यास “अब उडेको मन” बजारमा ल्याउने तयारी गरिरहेका छन्। त्यसैगरी, उनले समय–समयमा लेख, रचना तथा छोटा चलचित्रहरू पनि तयार गर्दै आइरहेका छन्।
पोखरेलले लोकसंगीतको मौलिकता जोगाउँदै आफ्ना सिर्जनालाई निरन्तरता दिन प्रतिबद्धता रहेको बताउँछन । “नेपाली संस्कृतिको जरो बचाउन, सृजनाको माध्यमबाट देशप्रेम र लोकधुनलाई जीवित राख्ने मेरो प्रयास जारी रहनेछ,” उनी भन्छन्।
पोखरेललाई भोट गर्न:
उनलाई जिताउन खल्ती एप डाउनलोड गरी १५ नम्बरमा भोट गर्न सकिन्छ। तपाईंको भोटले नेपाली लोकसंगीतको यो मौलिक यात्रालाई थप प्रेरणा दिनेछ।
|
ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्। |










