Clean Water Campaign

Awareness Campaign

उपनिर्वाचन: गुल्मीको मुसिकोट-१ मा वडाध्यक्षमा ८ जनाको उम्मेद्वारी



प्रेम सुनार
९ महिना अगाडि


Awareness

Place for ads

गुल्मी: मङ्सिर १६ गते हुने उपनिर्वाचनमा गुल्मीको मुसिकोट नगरपालिका वडा नम्बर १ वडाध्यक्ष पदको उमेदवारका ८ जनाको उम्मेद्वारी परेको छ।

तीन ठुला दल नेपाली काङ्ग्रेसबाट आनन्द श्रेष्ठ, नेकपा एमालेबाट दल बहादुर थापा र नेकपा माओवादी केन्द्रबाट दुर्गा बहादुर बिकको उम्मेद्वारी परेको मुख्य निर्वाचन अधिकृत युवराज गौतमले जानकारी दिनुभयो। त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट विकास थापाले वडाध्यक्षमा उम्मेद्वारी दिएका छन। उनी विगतमा नेकपा एमालेमा थिए।

राप्रपाबाट इश्वरी खातीको उम्मेद्वारी परेको छ। उनी महिला हुन। त्यस्तै स्वतन्त्रबाट कोमानन्द खरेल, कुल बहादुर थापा र योगेन्द्र खरेलले उम्मेद्वारी दिएका छन।

सिंचाई
Forest
Ad.

माओवादी केन्द्रका उम‌्मेदवार दुर्गा बहादुर विकलाई एकीकृत समाजवादी पार्टीको समर्थन रहेको छ। तीन प्रमुख दलका तीन जनै उम्मेदवार प्रभावशाली युवा नेता हुन। एमाले उम्मेदवार थापा पुर्व वडा सदस्य हुन।

कांग्रेस उम्मेदवार श्रेष्ठ र माओवादी उम्मेदवार विक पनि स्थानीय तहमा जनता सङ्ग भिजेका र विकास निर्माणमा जोडिदै आएका नेता हुन। निर्वाचन अधिकृत ऋषि घिमिरेका अनुसार अहिले त्यस वडामा ४ हजार ९१ मतदाता छन। गत स्थानीय तहको निर्वाचनमा ३ हजार ८०८ मतदाता थिए।

त्यति बेला नेकपा माओवादी केन्द्रको समर्थनमा नेपाली काङ्ग्रेसबाट मोहन घिमिरेले ११८२ मतले जितेका थिए। एमालेका नारायण बहादुर थापाले ११४३ मत ल्याएका थिए। विगतको निर्वाचनमा जस्तै यसपाली पनि तीनवटा मतदान स्थल र ५ वटा केन्द्र हुनेछन्। अहिले तीन प्रमुख दल एक्लाएक्लै चुनाव लडेकोले यी तीनवटै दल बिच कडा टक्कर पर्ने मनोनयन दृश्यले देखाउथ्यो।

एमालेको चुनावी सभामा सो पार्टीका सचिव गोकर्ण विष्ट, केन्द्रीय सदस्य तथा प्रदेश मन्त्री दिनेश पन्थी, केन्द्रीय गणेश खनाल, जिल्ला अध्यक्ष बालसिङ काउछा लगायतका नेताहरुले भाषण गरेका थिए। काङ्ग्रेसको सभा केन्द्रिय सदस्य उर्मिला थपलिया, लुम्बिनी प्रदेश उपसभापति भुवन प्रसाद श्रेष्ठ, जिल्ला पार्टी सभापति खिलध्वज पन्थी, नेतृ तथा राष्ट्रिय सभा सदस्य विष्णु कुमारी सापकोटा लगायतले मन्तव्य राखेका थिए।

Awareness by SKF

माओवादीले केन्द्रको चुनावी सभामा केन्द्रिय सदस्य बिर बहादुर कार्की, जिल्ला पार्टी संयोजक तेजेन्द्र सलामी, सचिव अशोक थापा, लुम्बिनी प्रदेश सचिवालय सदस्य बुद्धि जिसी, युवराज केसी, भुपाल पोख्रेल, देविराम अर्याल, खुम बहादुर थापा लगायत सहभागी थिए।

सभालाई नेता जिसी र एकीकृत समाजवादीका जिल्ला अध्यक्ष श्रीराम महतले सम्बोधन गर्दै माओवादी केन्द्रका उम्मेदवार विकलाई समाजवादी मोर्चाका साझा उम्मेदवार रहेको घोषणा गरेका थिए।

पुर्व वडाध्यक्ष मोहन घिमिरेको २०८० भाद्र २ गते ३६ वर्षको उमेरमा मृत्यु भएको थियो।

र यो पनि: कुन परिस्थितिको चपेटामा परेर ज्यान हाले गुल्मी मुसिकोटका वडाध्यक्ष घिमिरे? (भिडियो सहित)

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

प्रेम सुनार को बारेमा

पत्रकार प्रेम सुनार चर्चित रेडियो कार्यक्रम ‘ओझेलका खबर’का प्रस्तोता हुन्। उनी ओझेलका खबरका प्रमुख संवाददाता तथा संरक्षक पनि हुन। उनी दर्जनभन्दा धेरै मिडियामा आवद्ध छन्।

प्रेम सुनार द्वारा प्राकाशित अन्य समाचार हेर्नुहोस →