Smoking Causes Cancer

सपना कुँवरका तीन मुक्तकहरु



ओझेलका खबर संवाददाता
२ वर्ष अगाडि


Place for ads

पैसाको भरमा अड्डा बेचिन्छ अदालत बेचिन्छ
कोहि रहर त कोहि बाध्यताले ईज्जत् बेचिन्छ
रक्सि सँग मासु लुछि बस्छन नेता राजधानिमा
छाक टार्नको लागि गरिबको घरमा रगत बेचिन्छ

आमा पछिको अर्को रुप तिमी नै होै दिदी
बिहानी पखको न्यानो धुप तिमी नै होै दिदी
तिम्रो साथले आमाको माया नै बिर्सिएकि छु
साँच्चै देवीको अर्को स्वरूप तिमी नै होै दिदी

भत्कायौ मेरो आस्थाको आधार, कस्तो चल्दै छ ?
खण्डहरु बनाएर मेरो घरबार, कस्तो चल्दै छ ?
मेरो जिन्दगी भएको छ भत्किएको मन्दिर जस्तो
अनि भन तिम्रो पिरतीको व्यापार कस्तो चल्दै छ?

सिंचाई
Forest
Ad.
कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो