Salime Malika Krishi Farm

Awareness Campaign

उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरुलाई ब्रिलियण्ट युनाइटेड एकेडेमीद्वारा सम्मान [भिडियो सहित]



ओझेलका खबर संवाददाता
२ वर्ष अगाडि


       

Awareness

Place for ads

मनु सुनार, गुल्मीः ब्रिलियण्ट युनाइटेड एकेडेमी तम्घास गुल्मीले शैक्षिक शत्र २०८० को एसईई परिक्षामा सामुदायिक एवम् संस्थागत विद्यालयतर्फ ८५.७१ प्रतिशत विद्यार्थीहरुलाइ उत्तीर्ण गराउदै सर्वोत्कृष्ट नतिजा सहित रेसुङ्गा नगरपालिका प्रथम एवं गुल्मी जिल्लामा दोस्रो हुन सफल भएको छ।

सर्वोत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरुलाई विद्यालयले एक भव्य समारोहका बीच बुधबार बधाई तथा शुभकामना व्यक्त गरेको छ । रेसुंगा नगरपालिका–०१ मा अवस्थित यस विद्यालयका मेधावी विद्यार्थी प्रज्वल खत्रीले ३.७८ जिपिए प्राप्त गर्नुभएको छ । यस विद्यालयबाट १४ जना विद्यार्थी एसईई परीक्षा २०८० मा सहभागी हुनुभएको थियो ।

जसमा १२ जना विद्यार्थीहरूले सर्वोत्कृष्ट नतिजा निकाल्न सफल भएका विद्यालयका प्रिन्सिपल सन्तोष थापाले जानकारी दिनुभयो । उहाँका अनुसार एक जना विद्यार्थीले ए–प्लस, छ जना विद्यार्थीहरु ए–ग्रेड, ५ जना विद्यार्थीहरुले बि–प्लस लिएर उत्र्तीण भएका हुन् ।

सिंचाई
Forest
Ad.

विद्यालयका प्रिन्सिपल सन्तोष थापा, कार्यक्रमका प्रमुख अतिथि रेसुंगा नगरपालिका शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख पिताम्बर पन्थी, विद्यालयका अध्यक्ष गुणानिधि शर्मा, लुम्बिनी प्रदेश पूर्व सांसद गीता थापा, सञ्चालक सदस्यहरु अखिलेश्वर प्रसाद पाण्डे, ढुण्डीराज पोखरेल, पार्वता थापा, यज्ञप्रसाद पन्थी, राजकुमार श्रेष्ठ, सल्लाहकार समिति सदस्य ईश्वरीप्रसाद पौडेल, किशोर मरासिनी, शेयर सदस्य शिव थापा लगायतले उत्र्तीण विद्यार्थीहरुलाई बधाई तथा शुभकामना ज्ञापन गर्नुभयो ।

शिक्षक सन्देश अर्यालको स्वागत मन्तव्य रहेको कार्यक्रमको सञ्चालन शिक्षक गोमा पाण्डेले गर्नुभएको थियो । त्यस अवसरमा विद्यालयका विद्यार्थीहरुले मनमोहक नृत्य प्रस्तुत गरेका थिए । सोही अवसरमा अभिभावकहरुले प्रिन्सिपल थापा सहित प्रत्येक विषयगत शिक्षकहरुलाई मायाको चिनो र बिद्यालयलाई प्रशंसा पत्र सहित दुई थान पानस उपहार प्रदान गर्नुभएको छ । भने सिंगो विद्यालयका शिक्षक, कर्मचारीहरुलाई सम्मान समेत गर्नुभएको छ ।

२०६७ सालमा यस क्षेत्रका प्रतिष्ठित समाजसेवीहरुद्वारा नाफामूलक नभई शिक्षाको उज्यालो फैलाउन यस बिद्यालय स्थापना गरिएको विद्यालयका सञ्चालक यज्ञप्रसाद शर्मा पन्थीले बताउनुभयो । विद्यालयका प्रिन्सिपल थापाले भन्नुभयो, ‘बिशुद्ध शिक्षा नभईकन समाजमा चेतना हु्ँदैन्, चेतना नभईसकेपछि विकास हुँदैन् भन्ने मान्यताका साथ स्थापना गरिएको विद्यालय हो ।’

उहाँले गुल्मी जिल्लामै पहिलो पटक मन्टेश्वरी विधिबाट पठनपाठन सञ्चालन गर्ने र यस जिल्लामा पहिलो पटक यातयात सुविधा सहित विद्यालय सञ्चालन भएको बताउनुभयो । स्थापना कालदेखि हालसम्म नै अनवरत रुपमा मन्टेश्वरी विधिद्वारा पठनपाठन हुँदै आएको बताउँदै प्रिन्सिपल थापाले बालमैत्री र विद्यार्थीहरुलाई पारिवारिक वातावरण पठनपाठन गराउँदै आएको उल्लेख गर्नुभयो ।

Awareness by SKF

‘त्यसैको परिणाम अहिलेको प्रतिफल हो । २०७८ सालमा पनि ३.९५ जिपिए प्राप्त गरी जिल्लामा सामुदायिक र संस्थागततर्फ द्वितिय र संस्थागत तर्फ प्रथम भएका थियौं ।’ थापाले भन्नुभयो,–‘यस पटक पनि पुनः रेकर्ड राख्ने गरी विद्यार्थीहरुले सफलता हासिल गरेका छन् ।’ प्रिन्सिपल थापाले ब्रिलियण्ट युनाइटेड एकेडेमीको गौरव र सान राख्ने विद्यार्थीहरुलाई बधाई ज्ञापन गर्दै उज्ज्वल भविष्यको शुभकामना समेत व्यक्त गर्नुभयो।

   
   
कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो