Salime Malika Krishi Farm

Awareness Campaign

प्रधानमन्त्री प्रचण्डद्वारा प्रकाश दाहाल स्मृति राष्ट्रिय बक्सिङ प्रतियोगिता उद्घाटन



ओझेलका खबर संवाददाता
२ वर्ष अगाडि


Awareness

Place for ads

काठमाडौँ: प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले खेल क्षेत्रको संस्थागत विकासका लागि खेलकुद प्रतियोगिताका भूमिका महत्वपूर्ण हुने बताउनुभएको छ।

प्रकाश दाहाल फाउन्डेसन र नेपाल बक्सिङ महासङ्घको संयुक्त आयोजनामा आजदेखि त्रिपुरेश्वरस्थित दशरथ रङ्शालामा सुरु भएको ‘प्रकाश दाहाल स्मृति चाँैथो महिला तथा पुरूष खुला राष्ट्रिय बक्सिङ प्रतियोगिताको उद्घाटन गर्दै उहाँले प्रतियोगिताले बक्सिङ खेलमा थप योगदान पुर्याउने विश्वास व्यक्त गर्नुभयो ।

प्रधानमन्त्री दाहालले दिवङ्गत प्रकाश दाहालको जन्मजयन्तीको अवसर पारेर आयोजित प्रतियोगितामा युवाहरूको उपस्थितिले प्रकाश युवामाझ लोकप्रिय रहेको आफूले महसुस गरेको बताउनुभयो।

सिंचाई
Forest
Ad.

प्रकाश दाहाल फाउन्डेसनकी अध्यक्ष विना मगरले यस प्रतियोगिताबाट राष्ट्रिय खेलाडी निर्माणमा सहयोग पुग्ने भन्दै प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने एक महिला र पुरुषलाई सम्मानस्वरुप एक थान मोटरसाइकल प्रदान गरिने बताउनुभयो।

आजदेखि सुरु भएको उक्त प्रतियोगितामा महिला तथा पुरुष गरी दुई सय खेलाडी प्रतिस्पर्धा गर्दैछन्। प्रतियोगिता यही असार २१ गतेसम्म सञ्चालन हुनेछ।

राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टङ्कलाल घिसिङले दिवङ्गत प्रकाश दाहालले देशको लागि महत्वपूर्ण भूमिका निर्वाह गरेको चर्चा गर्दै यस किसिमको प्रतियोगिताले बक्सिङ खेलबाट राष्ट्रिय टोलीको निर्माण गर्न योगदान पुग्ने बताउनुभयो।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

Awareness by SKF

तपाईलाई यो खबर कस्तो लाग्यो