Salime Malika Krishi Farm

Awareness Campaign

स्व. आमाको स्मृतीमा विद्यार्थीलाई न्यानो कपडा र शैक्षिक सामाग्री वितरण



सागर भण्डारी
२ वर्ष अगाडि


Awareness

Place for ads

गुल्मी: आफ्नी स्व. आमाको स्मृतीमा मुसिकोटका एक परिवारले आफुले अध्ययन गरेको विद्यालयका विद्यार्थीहरुलाई न्यानो कपडा र स्टेशनरी सामाग्री वितरण गर्नुभएको छ ।

मुसिकोट नगरपालिका वडा नं ३ बल्लेघाट निवासी छोरा प्रताप खत्री, बुहारी सरस्वती खत्री र नाति प्रशन्न खत्रीले स्वं आमा मान कुमारी खत्रीको स्मृतीमा भगवती प्राथमिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई विद्यालय पोशाक र कपी तथा कलम वितरण गर्नुभएको हो ।

बिहिवार विद्यालयमा आयोजित एक कार्यक्रममा सो विद्यालयमा अध्ययनरत २० जना विद्यार्थीहरुलाई सहयोग सामाग्री हस्तान्तरण गरिएको समाजसेवी अर्जुन केसीले जानकारी दिनुभयो । सहयोगदाता प्रताप खत्री हाल वैदेशिक रोजगारीका शिलशिलामा दुबईमा कार्यरत हुनुहुन्छ ।

सिंचाई
Forest
Ad.

सहयोग सामाग्री हस्तान्तरण कार्यक्रममा सहयोगदाता सरस्वती खत्रीले विदेशका श्रम गरेर कमाएको पैसाले थोरै भएपनि आफ्नो गाउँठाउँमा रहेका ससाना बालबालिकाहरुको अध्ययनका लागि सहयोग गर्ने उद्धेश्यले न्यानो कपडा र स्टेशनरी सामाग्री वितरण गरिएको बताउनुभयो । उहाँले सहयोग सामाग्रीको सही सदुपयोग गर्न समेत आग्रह गर्नुभयो ।

कार्यक्रममा बोल्दै मुसिकोट नगरपालिका वडा नं ३ का वडासदस्य थम्मन बहादुर जिसिले परदेशमा आफ्नो श्रमबाट आर्जित कमाईको केही अंश कटाएर विद्यालयमा सहयोग गरेकोमा धन्यवाद व्यक्त गर्नुभयो । साथै जिसीले उक्त विद्यालयमा अध्ययनरत विद्याथीहरुलाई आफुले पनि १/१ दर्जन कापी र कलम दिन प्रतिबद्धता समेत व्यक्त गर्नुभयो ।

विद्यालयका पूर्व प्रधानाध्यापक गोविन्द प्रसाद खरालले विशेषगरी कुमाल समुदाय र विपन्न नागरिकहरका छोराछोरीहरुले अध्ययन गर्ने विद्यालयमा सहयोग हस्तान्तरण गरेर खत्री परिवारले पुण्यको काम गरेको बताउनुभयो ।

व्यवस्थापन समितिका पूर्व अध्यक्ष दुर्गा बहादुर खत्रीले आर्थिक अवस्था कमजोर भएका परिवारका बालबालिकाहरुले अध्ययन गर्ने विद्यालयमा अरु व्यक्तिहरुले पनि सहयोग गर्नुपर्ने जरुरी रहेको बताउनुभयो ।

Awareness by SKF

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामु खत्रीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विद्यालयका पूर्व प्रधानाध्यापक झविलाल भण्डारी, समाजसेवी बिष्णु भण्डारी लगायत स्थानीयहरुको उपस्थिति रहेको थियो । विद्यालयका प्रधानाध्यापक ईन्द्रा घर्ती मगरको स्वागत मन्तव्य र पत्रकार दिपक नेपालीको सञ्चालनमा सम्पन्न भएको थियो ।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो