Smoking Causes Cancer

सचिन पुनको उपचारार्थ सुर्योदय युवा क्लब मार्फत नारायण थापाको पहलमा साढे ३ लाख सहयोग संकलन



ओझेलका खबर संवाददाता
२ वर्ष अगाडि


Place for ads

गुल्मी: गुल्मीको मुसिकोट नगरपालिका-४, गजुङ्गा निवासी बल बहादुर पुन र सावित्रा पुनका २१ वर्षिय छोरा सचिन पुन मुटु सम्बन्धी रोगले थलिएर हाल सहिद गंगालाल हृदयरोग केन्द्रमा उपचाररत छन्।

चिकित्सकको रिपोर्ट अनुसार उनको मुटुको अपरेसन गर्नुपर्नेछ तर कमजोर आर्थिक अवस्थाका कारण उपचार रोकिने अवस्था निम्तिएकोले सुर्योदय युवा क्लबका नारायण थापाको पहलमा सहयोग संकलन अभियान सञ्चालन गरेर आर्थिक सहयोगको आग्रह गरिएको थियोे। बिरामी सचिन सुर्योदय युवा क्लबका सक्रिय सदस्य पनि रहेको अभियानका सञ्चालक नारायण थापाले बताउनुभयो। अभियन्ता थापाले भन्नुभयो, ‘हाम्रो आग्रहलाई स्वीकार गर्दै यस अभियानमा हातेमालो गर्ने सम्पूर्ण सहयोगदाताहरुलाई हार्दिक धन्यवाद व्यक्त गर्दछौँ।’

‘सचिन पुन बचाऔँ अभियान’ मार्फत स्वदेश तथा विदेशबाट रु. ३,५०,०००/- संकलन गरिएको अभियानका सञ्चालक नारायण थापाले हामिलाई जानकारी दिनु भएको छ।

सिंचाई
Forest
Ad.

उक्त सहयोग रकम यहि माघ २५ गते (बिहिवार) बिरामी सचिन पुनकी आमा सावित्रा पुनलाई हस्तान्तरण गर्ने कार्यक्रम तय गरिएको छ। अभियन्ता नारायण थापाले भन्नुभयो, ‘उक्त सहयोग रकमको पूर्ण सदुपयोग हुने वा उपचारमा खर्च गरिने विश्वास लिएका छौँ। सचिन पुनको पूर्ण स्वास्थ्य लाभको कामना पनि गर्दछौँ।’

सचिनका बुवाको मृत्यु भइसकेको छ। परिवारको आर्थिक अवस्था नाजुक रहेकोले उपचार खर्चको अभावमा उपचार नरोकियोस् भनेर सहयोग संकलन अभियान सञ्चालन गरिएको नारायण थापाले बताउनुभयो।

चेक रिपब्लिकमा ऋषिराम गिरी र जापानमा दिपक कुँवर मगरको पहलमा पनि सहयोग संकलन गरेर हस्तान्तरण गरिसकिएको छ।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

Awareness by SKF

तपाईलाई यो खबर कस्तो लाग्यो