Salime Malika Krishi Farm

Awareness Campaign

रेसुङ्गा, सुपादेउराली र स्वर्गद्वारी जाेड्न सार्वजनिक यातायात चलाइने



ओझेलका खबर संवाददाता
२ वर्ष अगाडि


Awareness

Place for ads

गुल्मी: पश्चिम नेपालका तीन प्रमुख धार्मिक गन्तव्य गुल्मीको रेसुङ्गा, प्युठानको स्वर्गद्वारी र अर्घाखाँचीको सुपादेउराली जोड्ने गरी सार्वजनिक यातायात चलाउने तयारी गरिएको छ।

अर्घाखाँची सुपादेउरालीबाट झिमरुक गाउँपालिका, प्युठान मच्छी हुँदै स्वर्गद्वारी तीर्थस्थलसम्म र गुल्मी तम्घासबाट झिमरुक गाउँपालिका, प्युठान मच्छी हुँदै स्वर्गद्वारीसम्म नियमित यातायात सेवा सञ्चालन गर्ने उद्देश्यले प्युठान झिमरुक गाउँपालिकाले पहल थालेको छ।

यसका लागि गाउँपालिकाले शुक्रबार छलफलका लागि बोलाएको छ । गाउँपालिकाले प्युठानको गौमुखी बस यातायात व्यवसायी प्रालि, अर्घाखाँचीको देउराली यातायात प्रालि र गुल्मीको गुल्मी यातायात प्रालिसँग समन्वय गरी सार्वजनिक यातायात चलाउने तयारी गरिएको हो ।

सिंचाई
Forest
Ad.

झिमरुक गाउँपालिका उपाध्यक्ष प्रमाेद पाेख्रेल धार्मिक पर्यटनलाई भित्र्याउनकाे लागि यातायातमा सहज गराउन यसरी पहल थालिएको बताएका छन् । उनले यस कदमबाट तीन जिल्लाकै धार्मिक पर्यटकीय गन्तव्यमा थप पर्यटक भित्रिने बताए ।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो