Smoking Causes Cancer

दुई पटक सम्म भत्किएको झेँदी पुल निर्माणमा ठेकेदारको ढिलासुस्ती, सम्बन्धित निकाय मौन



वसन्त अधिकारी
३ वर्ष अगाडि


Place for ads

गुल्मी: मुसिकोट नगरपालिका-७, झेँदी र मुसिकोट-३, नौबिसे जोड्ने बडिघाट खोलाको पुल बनाउने भन्दै निर्माण व्यवसायीले दुई वर्षसम्म मुसिकोटका जनताको आँखामा छारो हालेको छ।

गत बर्ष नै टेन्डर भएर काम शुरु गर्ने भनिए पनि निर्माण व्यवसायीले काम सुरु नगरेको र सम्बधित निकाय मौन रहेकोले जनताहरु निरास भएको स्थानीय मधु घिमिरेले बताउनु भयो।

मुसिकोट नगरपालिका-२, ३, ४ र नगरको केन्द्र मुसिकोट-७, वामी टक्सार जोड्ने मुख्य सिमानामा रहेको यो नाकामा गाडी आवतजावतको लागि पुल नहुँदा उक्त वडाका जतताहरुले सास्ती भोगिरहेको र झोलुङगे पुलबाट मोटरसाइकल कष्टले आवतजावत गरेपनि पुल समेत बाङ्गो भएकोले बेला बेला दुर्घटना भैरहेको मुसिकोट-३ का वडा सदस्य थम्मन बहादुर घिमिरेले बताउनु भयो।

सिंचाई
Forest
Ad.

अहिले पुनः पुलको स्टोमेट परिवर्तन गरी “स्टिल ट्रष्ट बृज” पुल निर्माण गर्न लागिएको, पुलको लम्बाइ ५६.३ मिटर र चौडाइ ६ मिटर रहने आफू पुलको निरीक्षणको लागि अफिसले खटाएर एक महिना पहिले नै आएर बसेपनि निर्माण व्यवसायीले काम सुरु नगरेको प्रादेशिक सडक पुल समन्वय इकाइ, बुटवलका टेक्निकल अफिसर भिराजा पौडेलले जानकारी दिनुभयो।

स्विस सरकारको लगानीमा बन्न लागेको पुलको निर्माणको जिम्मा गत वर्ष नै जलप कन्ट्रक्सनले लिएको र गत वर्ष पनि २/४ वटा सामान लिएर फालेको अहिले १ महिना पहिले देखि काम सुरु गर्ने भने पनि अहिले सम्म सामान नै नलिएको बताए।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो