गुल्मी: गुल्मीबाट छुट्ने लामो वा छोटो दूरिका सवारीसाधनमा “जाऊँ हिँड रेसुङ्गा” अभियानको स्टिकर टाँस गरिएको छ । रेसुङ्गा नगरपालिकाले घोषणा गरेको “जाऊँ हिँड रेसुङ्गा” अभियानलाई व्यापक बनाउनका लागि स्टिकरको अनावरणसँगै जिल्लाभर र बाहिर जाने सवारीसाधनमा समेत टाँस गरिने रेसुङ्गा नगरपालिकाका नगरप्रमुख खिलध्वज पन्थीले बताउनुभयो।
नगरप्रमुख पन्थीले गुल्मीदेखि काठमाडौं जाने कामना बस, हाइस र जिप लगायतका सवारीसाधनमा “जाऊँ हिँड रेसुङ्गा” अभियानको लोगोको स्टिकर टाँस गर्नुहुँदै यो अभियानको प्रचारप्रसारसँगै गुल्मीको ऐतिहासिक, धार्मिक एवम् पर्यटकीय क्षेत्र रेसुङ्गामा पर्यटन आवागमनका लागि टेवा पुग्ने आशा गरेको उहाँले बताउनुभयो ।
पर्यटन व्यवसायी सुदर्शन खनालले यस जिल्लामा पर्यटनको अपार सम्भावना रहेको भन्दै “जाऊँ हिँड रेसुङ्गा” अभियानलाई उचाई दिनका लागि सवारीसाधनमा स्टिकर लगाएर प्रचारप्रसारलाई बल पुर्याएको बताउनुभयो । जिल्लामा पर्यटन पूर्वाधारहरु पनि निर्माण भइरहेकाले अब लगानी र पर्यटन प्रवर्द्धनमा सबै पक्षले जोड दिनुपर्ने भन्दै पर्यटन पनि समुन्नतिको महत्त्वपूर्ण पक्ष भएको बताउनुभयो ।
रेसुङ्गा नगरपालिकाले रेसुङ्गा क्षेत्रको प्रचारप्रसार गरी पर्यटकीय क्षेत्रको रुपमा विकास गर्नका लागि यो अभियानको शुभारम्भ गरेको हो । चालू आर्थिक वर्ष २०८०/०८१ मा करिब एक लाख पर्यटकहरूलाई रेसुङ्गामा भित्र्याउने नगरपालिकाको योजना छ । पछिल्ला दिनहरुमा रेसुङ्गा आउँने पर्यटनको सङ्ख्या पनि दिनप्रतिदिन बढ्दै गएको छ ।
ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्। |