Salime Malika Krishi Farm

Awareness Campaign

गुल्मीमा प्रेस काउन्सिलको आचार संहिता जागरण कार्यक्रम



ओझेलका खबर संवाददाता
२ वर्ष अगाडि


Awareness

Place for ads

सन्तोष महतारा, गुल्मी: प्रेस काउन्सिल नेपालले गुल्मीमा पत्रकारसँग पत्रकारिता आचार संहिता जागरण कार्यक्रम गरेको छ। नेपाल पत्रकार महासंघ गुल्मीको संयोजनमा काउन्सिलले आयोजना गरेको जागरण कार्यक्रमम पत्रकारलाई पत्रकारिता अन्तर्गत गर्न हुने र गर्न नहुने कुराको बारेमा जानकारी गराइएको हो।

सोही अवसरमा प्रेस काउन्सिल नेपालका बोर्ड सदस्य ठाकुर बेल्वासेले पत्रकार आचार संहिता सम्बन्धी प्रशिक्षण दिनुभएको थियो । उहाँले पत्रकारले पत्रकारिताको मर्म र भावाना विपरीत काम गरिरहेकोले यसमा ध्यान दिनुपर्ने बताउनुभएको थियो ।

जागरण कार्यक्रममा उपस्थित क्रियाशील पत्रकारले गुनासाहरु राख्नुभएको थियो । पत्रकार भन्दा बढी अनलाइन संचारमाध्यम खोलिएकोमा चिन्ता ब्यक्त गर्दै पत्रकारहरुले पत्रकारितामा रहिरहन समस्या परिरहेको समेत गुनासो पोख्नुभयो ।

सिंचाई
Forest
Ad.

नेपाल पत्रकार महासंघ गुल्मीका अध्यक्ष टोपलाल अर्यालले काउन्सिल परिवारलाई गुल्मीमा स्वागत गर्दै जिल्लास्थित संचार माध्यमको अवस्थाको बारेमा जानकारी गराउनुभयो । सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद गैरेले सुचनाहरु पाउने बिषयमा गुल्मीमा सहज भएकोले र अझ बढी सहजता ल्याउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

प्रेस काउन्सिल नेपालका मुख्य अधिकृत झविन्द्र भुसालले पत्रकारिता क्षेत्रका समस्या बुझेको र त्यसको बिषयमा आफुहरु गम्भीर रहेको जानकारी गराउनुभयो । उहाँले जिल्लाजिल्लामा आचार संहिताका बिषयमा जागरण कार्यक्रम गरिरहेको जानकारी दिनुभयो ।

प्रेस काउन्सिल नेपालका बोर्ड सदस्य शरद अधिकारीले आफूहरुले संचार माध्यमको अनुगमन र नियमन गरिरहेको बताउनुभयो । “हामीले स्वः अनुगमन र उजुरीका आधारमा अनुगमन गर्छाैं” उहाँले भन्नुभयो, “पत्रकारलाई जागरण गराउन जिल्लामा आचारसंहिताको जानकारी गराएका हौं ।”

प्रेस काउन्सिल नेपालले यसअघि अर्घाखाँचीको सन्धिखर्कमा यस सम्बन्धी कार्यक्रम गरिसकेको छ ।

Awareness by SKF

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो