Salime Malika Krishi Farm

Awareness Campaign

बडिगाडमा पाँचौ राष्ट्रपति रनिङ शील्ड प्रतियोगीता सम्पन्न, त्रिभुवनको अविजित यात्रा कायमै



सागर भण्डारी
२ वर्ष अगाडि


Awareness

Place for ads

गुल्मी: बागलुङको बडिगाड गाउँपालिकामा जारी पाँचौ राष्ट्रपति रनिङ शील्ड प्रतियोगीता सम्पन्न भएको छ। गाउँपालिकाको शिक्षा युवा तथा खेलकुद शाखाको आयोजना एवम् खार माध्यमिक विद्यालयको व्यवस्थापनमा गरिएको प्रतियोगीता तीन दिनसम्म सञ्चालन भएको थियो।

पालिका भित्रका सामुदायिक र संस्थागत गरी माध्यमिक तहका १० बिद्यालय सहभागी प्रतियोगीतामा त्रिभुवन नमुना माध्यमिक विद्यालय बडिगाड-२ खर्बाङ प्रथम बनेको छ । त्रिभुवनले १० स्वणर् पदक, ६ रजत पदक र १ कास्य पदक जित्दै प्रथम बनेको हो ।

त्यस्तै दोश्रो बनेको भानु माध्यमिक विद्यालय बडिगाड ५ ले ७ स्वणर् पदक, ७ रजत पदक र ३ कास्य पदक जितेको छ । त्रिभुवन माध्यमिक विद्यालयले भने हालसम्म अविजित रुपमा प्रथम स्थान हासिल गरेको छ । हालसम्म सञ्चालित ५ ओटै प्रतियोगीतामा त्रिभुवन प्रथम बन्न सफल बनेको छ । अर्को वर्षको रनिङ शील्ड पनि प्रथम बन्न सकेमा त्रिभुवनले रनिङ शील्ड हात पार्नेछ । रनिङ शील्ड जित्नका लागि लगातार ३ वर्ष प्रतियोगीताको उपाधी जित्नुपर्ने हुन्छ ।

सिंचाई
Forest
Ad.

प्रतियोगीतामा सञ्चालित खेलमा छात्र तर्फ कबड्डी, भलिवल, १००,४००,१५०० मिटर, ४-१०० रिले दौड, उफ्रने र फ्याँक्ने हाईजम्प, लङ्जम्प, त्रिपलजम्प, ज्याभलिङ थ्रो ८०० ग्राम र सटफुट १२ पाउण्ड लगायतका प्रतियोगीताहरु सञ्चालन भएका थिए ।

त्यस्तै छात्रा तर्फ कबड्डी, भलिवल, १००, ४००, १५०० मिटर, ४-१०० रिले दौड, उफ्रने र फ्याँक्ने हाईजम्प, लङ्जम्प, त्रिपलजम्प, ज्याभलिङ थ्रो ६०० ग्राम र सटफुट ८ पाउण्ड लगायतका कार्यक्रमहरु सञ्चालन भएका थिए ।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो