Smoking Causes Cancer

गुल्मीबाट तिहार मनाउन दिदिघर हिँडेका एक पुरुषको भिरबाट लडेर मृत्यु



ओझेलका खबर संवाददाता
३ वर्ष अगाडि


Place for ads

गुल्मी: गुल्मीबाट तिहार मनाउन दिदिघर हिँडेका एकजना पुरुषको भिरबाट लडेर ज्यान गएको छ।

गुल्मीको धुर्कोट गाउँपालिका-२, पिपलधाराका ३६ वर्षीय खुम बहादुर घर्ती अर्घाखाँचीको भुमिकास्थान नगरपालिका-३ को सिख्रास्थित भिरमा मृत फेला परेका जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ ।

कात्तिक २९ गते भाईटिकाको दिन खुम बहादुर भुमिकास्थानको वडा नम्बर-३, धारापानी बस्ने कमला घर्तिको घरमा तिहार मनाउन हिंडेका थिए । अबेरसम्म टिका लगाउन घर नपुगेपछि खोजी गर्ने क्रममा उनको शव सिख्रास्थित भिरमा फेला परेको थियो।

सिंचाई
Forest
Ad.

प्रत्यक्षदर्शीका अनुसार उनले अत्याधिक मदिरा सेवन गरेका थिए। मदिरा सेवन गरेका कारण उनि भिरबाट लडेको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ । यद्दपी घटनाबारे थप अनुसन्धान भइरहेकोे प्रहरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो