Smoking Causes Cancer

गुल्मीमा भुस्याहा कुकुरले टोक्दा १७ जना घाइते



ओझेलका खबर संवाददाता
३ वर्ष अगाडि


Place for ads

गुल्मी: गुल्मीमा भुस्याहा कुकुरले टाेक्दा १७ जना घाइते भएका छन्। जिल्लाकाे रुरुक्षेत्र गाउँपालिका र छत्रकाेट गाउँपालिकामा बुधबार र बिहीबार कुकुरले टाेक्दा १७ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक डिल्लीनारायण पाण्डेले जानकारी दिए।

घाइतेकाे स्थानीय प्राथमिक स्वास्थ्य केन्द्रमा प्राथमिक उपचार गरि मिसन अस्पताल पाल्पामा थप उपचारको लागि पठाइएको प्रहरीले जनाएको छ। कुकुरले अधिकांशकाे खुट्टामा टाेकेर घाइते बनाएको छ ।

कुकुरले टाेकेर घाइते मध्ये १३ वर्षीय किशोरदेखि ७५ वर्षीया महिलासम्म रहेका छन् । जिल्ला प्रहरी कार्यालय गुल्मीले भुस्याहा कुकुरदेखि सावधान रहन आग्रह गरेको छ ।

सिंचाई
Forest
Ad.

प्रहरीले स्थानीयसँगकाे सहजीकरणमा टाेक्दै हिड्ने भुस्याहा कुुकुरलाई नियन्त्रणमा लिएको छ । केही समय अगाडि गुल्मीको सदरमुकाम तम्घासमा पनि भुस्याहा कुकुरले टाेकेर थुप्रैलाई घाइते बनाएको थियो। -फाइल तस्वीर

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो