Smoking Causes Cancer

गुल्मीदरबारलेे भूकम्प प्रभावित क्षेत्रमा १ लाख पठाउने



ओझेलका खबर संवाददाता
३ वर्ष अगाडि


Place for ads

नवीन कार्की, गुल्मी: गुल्मीको गुल्मीदरबार गाउँपालिकाले भूकम्प प्रभावित क्षेत्रमा एक लाख पठाउने निर्णय गरेको छ। मंगलबार बसेकाे आठौं कार्यपालिकाकाे निर्णय बमोजिम भूकम्प प्रभावित क्षेत्रमा सहयोग गर्ने निर्णय गरेको गाउँपालिका अध्यक्ष सराेज कुमार थापाले जानकारी दिए।

जाजरकोट आसपास केन्द्र बिन्दु बनाएर कार्तिक १७ गते मध्यराति बिनाशकारी भुकम्प गएको थियो । जसका कारण ज्यान गुमाएका हरु प्रति हार्दिक श्रद्धाञ्जली ब्यक्त र घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै जाजरकोटका लागि ५० हजार र रुकुम पश्चिमका लागि ५० हजार गरि एक लाख पठाउने निर्णय कार्यपालिकाकाे बैठकबाट गरिएको हो ।

भूकम्प प्रभावित क्षेत्रमा केही भएपनि राहत महशुस हाेस् भन्ने हेतुले सहयोग गरिएको गाउँपालिकाले जनाएको छ । भूकम्पका कारण जाजरकोट र रुकुम पश्चिममा एक सय ५३ जनाकाे मृत्यु भएको छ । सयौं घाइते भएका छन् ।

सिंचाई
Forest
Ad.
कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो